जनकपुरधाम, फागुन ७ गते । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रशिक्षक प्रशिक्षण प्रदेशस्तरीय कार्यक्रम जनकपुरधाममा शुरु भएको छ ।
शुक्रवारदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत शुरु भएको सो तीन प्रशिक्षण कार्यक्रममा स्थानीय तह कार्यलयका प्रमुखहरुको सहभागिता रहेको छ ।
कार्यक्रमको उदघाटन सत्रलाई सम्बाेधन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीच जबसम्म समन्यवय हुँदैन तबसम्म न त संघियता बलियो हुन्छ न कुनै बिकासकै कार्य अघि बढछ भने ।
साे तीन दिवसीय सो तालिममा निति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले संघियताको मूल्यांकन गर्ने अवस्था अहिले नभएको चर्चा गर्दै भने विधि सम्मत शासनतर्फ अगाडि बढनु पर्नेमा जाेड दिए ।
समारोहमा प्रदेश २ का मुख्य सचिव गोकर्ण दबाडी, संघिय ममिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव बसनत अधिकारी, ग्रामीण विकास प्रशिक्षण केन्द्रकानिर्देशक रुपेशकुमार साह लगायतका वक्ताहरुले पनि बोलेका थिए ।
तालिमको उदघाटन सत्रमा स्वमूल्यांकन र स्थानीय शासन सहयोग कार्यक्रमको औचित्व, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७का महत्वपूर्ण पक्षहरुको विषयमा चर्चा गरिएको थियो । स्वमूल्यांकनका विषय क्षेत्र र सूचक तीनतहका स्थितिहरु सम्बन्धमा पनि जानकारी दिइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !