जनकपुरधाम, फागुन ७ गते । नेकपा संसदीय दलका नेता शत्रुध्न महतोले प्रदेश २ प्रदेश प्रमुख तिलक परियारलाई सामान्य कर्मचारी विवादका कारण हटाउने कार्य गलत नजिरको शुरुवात भएको बताएका छन ।
प्रदेश प्रमुखलाई बर्खास्त गरिएको बारे प्रतिक्रिया दिदैं उनले भने स्वकीय सचिव र एक कर्मचारीको विवादमा संवैधानिक पदमा रहेका व्यक्तिलाई बर्खास्त गर्नु भनेको गलत मानसिकता उपज र गैर संवैधानिक कार्य हो ।
उनले भने राजनीतिभन्दा बाहिर रहेका संवैधानिक पदका व्यक्तिलाई स्वकीय सचिवकै विवादका कारण प्रदेश प्रमुखलाई नै बर्खास्त गर्नु भनेको नयाँ नजिरको शुरुवात र हीन राजनीति मानसिकताको उपजले ग्रसित व्यक्ति प्रधानमन्त्री केपी ओलीले रहेको प्रष्ट भएको छ ।
संवैधानिक पदका व्यक्तिलाई हटाएकोमा पछिल्लो पटक सर्वोच्च अदालतले फैसला उल्टाएको थियो । फेरी प्रदेश प्रमुखलाई हटाएर गलत राजनीतिकका शुरुवात ओलीले गरेका छन । प्रतिनिधि सभा विघटन भएदेखि ओलीले राजनीतिक नियुक्ति सरुवा बढुवा लगायतका प्रतिगमनको क्रमिक घटना घटाउंदै गएको निकै गलत हो लोकतन्त्रक पक्षधर शक्ति यसको प्रतिकार गर्नुपर्छ ।
सोनम ल्होसारका दिन रेलवे महाप्रबन्धक गुरु भट्टराई र प्रदेश प्रमुखको स्वकीय सचिव अनिल पासवानबीचको अपहरणदेखि ज्यानमार्नेसम्मका गाली गलौज सहितका फोन विवाद भएको थियो । सो क्रममा ओली निकट मानिएका महाप्रबन्धक भट्टराईले आफू ओलीको छोरा हुँ हैसियत देखाइ दिन्छुसम्मका धम्की दिएका थिए ।
सो अडियो प्रकरणको दुई साता नबित्दै प्रदेश प्रमुख परियारलाई बर्खास्त गरेका छन । अडियो प्रकरणले गर्दा प्रदेश प्रमुखलाई हटाइएकोमा हीन मानसिकताको उपज हो भन्ने टिकाटिप्पणी प्रदेश २ मा हुन थालेको छ ।
यसैबीच प्रदेश प्रमुख परियारले कुनै राजनीतिक कारणले आफूलाई हटाएको भए केही भन्न सकिन्थ्यो तर यदि एउटा सामान्य कर्मचारीको विवादमा बर्खास्त गर्नु भनेको गलत राजनीतिकको संस्कार, हीन मानसिकता उपज र गैर संवैधानिक हो भनेका छन ।
उनले भने स्वकीय सचिव पासवानकै विवादका कारण आफूलाई हटाएको जस्तो लाग्दैन, दलित भएको कारण आफूलाई हटाइएको हो । वर्तमान संघीय सरकारद्वारा दलितलाई प्रोत्साहन गर्नुको सट्टा निरुत्साहित गरिएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !