जनकपुरधाम, फागुन ७ गते । पुर्व राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रका रक्षक वर्तमान प्रधानमन्त्री र राष्ट्रपति नै लोकतन्त्र समाप्त पार्नमा जुटेको आरोप लगाएका छन ।
शुक्रवार नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा लिखित समाजवाद बीपी विचार संग्रह पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व राष्ट्रपति डा. यादवले भने १७ वर्षका लागि लोकतन्त्रका लागि जेल बस्ने प्रधानमन्त्री केपीशर्मा ओली नै लोकतन्त्रलाई समाप्त पार्न लागेको भने ।
उनले प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दा राष्ट्रपति जस्ता गरिमामय पदमा बसेका व्यक्ति त्यसको साक्षी बस्नु गलत कार्य हो भन्दै डा. यादव यादवले वर्तमान राष्ट्रपति आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेर लोकतन्त्र समाप्त मुलुकलाई दुर्घटनातर्फ धकेल्न लागेको आरोप लगाए ।
डा. यादवले भने संविधान विपरित दल विभाजनको अध्यादेश ल्याउनु र त्यसमा राष्ट्रपतिद्वारा त्यसको सदर गर्नु, संवैधानिक परिषदमा आफ्ना मान्छेलाई भर्ती गर्नु लगायतका लोकतन्त्रमाथि क्रमिक रुपमा प्रहार हुँदै आएको छ यस्तो परिस्थितिमा निर्वाचनमा जानु भनेको दलहरुको लागि दुर्भाग्य हो ।
उनले संविधान जारी गर्ने बखतमा आफूले लोकतन्त्रको रक्षार्थ तराई मधेश हिमाल पहाडलाई मिलाउन खोजेको थिए । तर अहिले त्यसलाई विखण्डन गर्न खोजिदैछ बताए । यही अवस्थाले विखण्डनको राजनीति हावी भयो भने मुलुक ठूलै दुर्घटनामा फंस्न सक्ने बताए ।
कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्रीद्वारा प्रतिनिधि सभा विघटनको कदम लोकतन्त्र, गणतन्त्र र संघीयता विरोधी रहेको बताउंदै सर्वोच्च अदालतले प्रधानमन्त्रीकै कदमलाई सदर गर्ने हो भने कुन धारा अनुसार संसद विघटन गरिएको हो भन्ने प्रमाण सहित खुलाए भने ठिक छ नत्र देशमा आन्दोलनको आँधी आउनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !