एजेन्सी । सन् २०२१ मा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औँ संस्करणका लागि क्रिस मोरिस सबैभन्दा महँगो खेलाडी बन्न गएका छन ।
भारतको चेन्नईमा आइपिएल अक्सनमा साउथ अफ्रिकाका अलराउण्डर खेलाडी क्रिसफर मोरिसलाई आ–आफ्नो टिममा भित्रयाउनका लागि कडा प्रतिस्पर्धा भएको छ । ७५ लाखको आधार मुल्यबाट सुरु गरिएको मारिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाखमा खरिद गरेको छ ।
आइपिएलको १३ वर्षको इतिहासमा सबभन्दा महगो खेलाडी मारिस बनेका हुन । दोश्रो महँगो खेलाडी अष्टे«लियाका अलराउण्डर ग्लेन म्याक्सवेल बनेका छन ।
म्याक्सवेललाई समेत आ–आफ्नो टिममा भित्रयाउनका लागि कडा प्रतिस्पर्धा भएको थियो । गत सिजन किंग्स ११ पञ्जाबमा रिलिज गरेका म्याक्सवेल २०२१ को सिजनका लागि १४ करोड २५ लाखमा विक्रि भएका हुन् । म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो टिममा भित्रयाएको हो ।
त्यस्तै, अलराउण्डर मोईन अलिलाई चेन्नई सुपर किंग्सले ७ करोडमा किनेको छ भने अलराउण्डर शाहरुख खानलाई पञ्जाब किंग्सले ५ करोड २५ लाख, शिवम दुब्बेलाई राजस्थान रोयल्सले ४ करोड ४० लाखमा, अलराउण्डर शकिब अल हसनलाई कोलकत्ता नाईट राइडर्सले ३ करोड २० लाख र ब्याट्सम्यान स्टेभम स्मिथलाई देल्हि क्यापिटल्सले २ करोड २० लाखमा किनेका छन ।
त्यस्तै अलराउण्डर डेबिड मलानलाई पञ्जाब किंग्सले १ करोड ५० लाखमा आफ्नो टिममा भित्रयाएको छ भने नाथन कफर नाईललाई मुम्बई इण्डिनले ५ करोड यो समाचार लेख्दासम्म किनेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !