एजेन्सी, फागुन ५ गते । भारतको बिहारस्थित सुपौल जिल्लामा एक किराना व्यवसायीको मात्र बीस रुपैयाको गुटखा उधारो नदिंदा ज्यान गएको छ ।
सुपौल जिल्लास्थित त्रिवेणीगञ्जमा मंगलबार बिहान अजित कुमार नामका एक व्यक्तिले व्यवसायी मिथिलेश कुमारलाई गुटखा नदिएको कारण गोली हानेर हत्या गरेको हो ।
घटना अनुुसार अजित उनको पसलमा गएर २० रुपैयाँको गुटखा उधारो मागेका थिए । मिथिलेशका पिताले गुटखा उधारो दिन नमानेपछि दुबैजना बिच विवाद भयो ।
त्यहि विवादका कारण रिसिबी साध्न अजित आफ्ना अन्य दुईजना साथीलाई लिएर मिथिलेशको पसलमा पुगेपछि उनको पिता नभेटदा पसलमा बसेका मिथिलेशलाई गोली हानेर हत्या गरेको कुरा बिहार पुलिसले जनाएको छ ।
प्रहरीका अनुसार गोली हान्नु अघि अजितले मिथिलेशसँग पुनः विवाद भएको थियो । विवाद उग्र रुप लिंदै गएपछि गोली हानेका थिए । घटनाको खबर पाएलगत्तै त्रिवेणीगञ्जका प्रहरी घटनास्थल पुगेर छानविन सुरु गरिसकेको छ । सुपौलका एसडिएम शेख हसनले घटनामा संलग्नहरुको पहिचान भईसकेकोले चाँडै पक्राउ गरिने प्रतिबद्धता जनाएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !