जनकपुरधाम, फागुन ४ गते । धनुषाको कमला नगरपालिकामा एक महिलाको खेतमा शव फेला परेको छ ।
नगरपालिका २ माची झिटकैया स्थित एक खेतमा मंगलवार बिहान स्थानीय महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हृयेन्द्र रोकायाले दिएको जानकारी अनुसार हुलाकी राजमार्गभन्दा करीब १० मीटर भित्र एक खेतमा स्थानीय खुसिया गडेरीको ४२ वर्षिय पत्नीको फेला परेको हो ।
बिहान एक स्थानीय युवक शौचका लागि खेतमा गएको बेला महिलाको शव देखेपछि आफू र प्रहरीलाई फोन गरेर जानकारी गराएको वडा नम्बर २ का अध्यक्ष धनेश्वर यादवले बताएका छन ।
मृतक महिला खुसिया गडेरीको दुई पत्नी मध्ये जेठी पत्नी थिईन् । उनको हत्या गरेर खेतमा फालेको हुनसक्ने आशंका गरिएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीको प्रहरी टोली शव नियन्त्रणमा लिई पोष्टमार्टमका लागि पठाएर अनुसाधान थालिसकिएको रोकायाले जनाएको छ । उनले भने शवको प्रकृति हेर्दा हत्या देखिएपनि वास्तविकता के हो भन्ने बारे प्रहरीले घटनाको अनुसन्धान गर्दैछ । दोषी जो कोही भएपनि उम्किन सक्दैन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !