जनकपुरधाम, फागुन १ गते । गत आर्थिक वर्षमा ३ सय ५६ किलाेमीटर सडक निर्माण गरेकाे प्रदेश २ सरकारले दाबी गरेकाे छ ।
शनिवार भाैतिक पुर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएकाे वार्षिक प्रगति विवरणमा यस्ताे दाबी गरिएकाे हाे ।
सार्वजनिक गरिएकाे प्रगति विवरणमा आर्थिक वर्ष २०७६/०७७ मा कुल ३ सय ५६ किलोमिटर सडक निर्माण गरिएको भनिएकाे छ। जसमध्ये ५१ किलोमिटर कालोपत्रे सडक, ७५ किलोमिटर ढलान, १ सय ७० किलोमिटर ग्राभेल तथा ६० किलोमिटर नयाँ बाटो खोल्ने गरी निर्माण गरिनेछ ।
प्रगति विवरण अनुसार सिँचाई तर्फ ५ हजार ४ सय ३० हेक्टर जग्गा सिंचित गर्नेगरी ८ वटै जिल्लामा मझौला सिँचाई योजना कार्यान्वयनमा ल्याइने बताए ।
मन्त्रालयको प्रगति विवरणका अनुसार गत आर्थिक वर्षमा प्रदेश भित्र २६ वटा धर्मशाला निर्माण, ८ वटै जिल्ल्लामा गरी ९ वटा दलित छात्रावास निर्माण, ८ वटा ज्येष्ठ नागरिक आवास निर्माण कार्य सम्पन्न भएको छ ।
संघ सरकारको सहयोगमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले संचालन गर्दै आएको जनता आवास कार्यक्रम अन्तर्गत गत २ आर्थिक वर्षमा २ हजार २ सय १ घर निर्माण कार्य सम्पपन्न गरी हस्तान्तरण गरिसकिएकाे विवरणमा उल्लेख छ ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै भने महामारीकाे बेलामा पुर्वाधार निर्माणतर्फ सफल भएकाे भने ।
उनले भने महामारीका कारण आशा गरे अनुरुप कार्य गर्न नसकेपनि उपलब्ध श्रोत साधनलाई समुचित प्रयाेग गर्दै प्रदेशभित्र सडक निर्माण, सिँचाई, खानेपानी, भौतिक संरचना निर्माण लगायतको क्षेत्रमा कार्य भएकाे छ ।
मन्त्री सोनलले चालु आर्थिक वर्ष जनता आवास कार्यक्रम अन्तर्गत ४ हजार ६ सय ५९ घर निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !