जनकपुरधाम, माघ ३० गते । धनुषा प्रहरीले बलात्कार र हत्या घटनामा संलग्न रहेकाे आराेपमा एक महिला सहित तीन जनालाई पक्राउ गरेकाे छ ।
बलात्कार आराेपमा एक महिला सहित दुईजना र हत्या आराेपमा एक गरि पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलन गरि सार्वजनिक गरेकाे छ ।
धनुषाकाे लक्ष्मिनिया गाउंपालिकाकि एक १३ वर्षिया बालिकालाई गत असार महिनादेखि पटक पटक जबरदस्तीकरणी गरेकाे आराेपमा स्थानीय शम्भु भन्ने ओमनारायण यादव र घटनामा सघाउने आराेपमा महिला मुस्कान खातुनलाई पक्राउ गरिएकाे धनुषा प्रहरीले जनाएकाे छ ।
घटना बारे जानकारी गराउंदै जिप्रका धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभट्टले भने गएकाे असार महिनादेखि कातिक महिनासम्म पिडीतकै घरमा डेरा गरि बस्दै आएकी मुस्कानले बालिकालाई संगै आफ्नाे काेठामा सुताउंदै आएकाे थियाे ।
साेही क्रममा अभियुक्त भनिएका शम्भु भनिने ओमनारायणलाई घरमा बाेलाई पटक पटक जबरदस्तीकरणी गराउंदै आएकाे थियाे बालिका गर्भवती भएपछि घटना सार्वजनिक भएकाे र पिडीतकाे जाहेरीकाे आधारमा आराेपितहरूलाई पक्राउ गरिएकाे प्रहरी उपरिक्षक रानाभाट्टले जानकारी दिए ।
अनुसन्धानकाे क्रममा आराेपितहरू आफ्नाे कसुर स्वीकार गरिसकेकाे र अदालत म्याद थप गराई थप अनुसन्धान भईरहेकाे उनले बताए ।
हत्या आराेपमा सालाे नै पक्राउ
त्यस्तै जिल्लाकाे क्षिरेश्वरनाथ नगरपालिका ७ स्थित क्षिरेश्वर डिस्ट्रलरीका उदयपुर जिल्ला त्रियुगा नगरपालिका ७ निवासी प्रमाेद रेग्मीकाे हत्या आराेपमा उनकै आफन्त नातामा सालाे पर्ने निरज खातीलाई पक्राउ गरिएकाृ छ ।
घटना संकास्पद रहेपनि अनुसन्धानकाे क्रममा डिस्ट्रलरीका संचालक सदस्य समेत रहेका निरजलाई सबुत प्रमाण सहित पक्राउ गरिएकाे प्रहरी उपरिक्षक रानाभाट्टले बताए ।
उनले भने शेयर लगानीकाे विवादमा निरजले प्रमाेदलाई अत्यधिक मदिरा सेवन गराई बांसकाे भाटाले प्रहार गरि हत्या गरेकाे अनुसन्धानमा खुल्न आएकाे जानकारी समेत उनले दिए ।
गएकाे माघ १४ गतेका दिन डिस्ट्रलरी स्थित निवासमै प्रमाेद मृत अवस्थामा फेला परेकाे थियाे । अत्यधिक मदिरा सेवन गरेकाे कारण घटना शंकास्पद बन्दै गएपछि प्रहरी अनुसन्धान छाडिसकेका थिए ।
पछि पिडित परिवारकाे जाहेरीपछि प्रदेश र जिल्ला प्रहरीले संयुक्त रूपमा अनुसन्धान गर्दै जांदा हत्या भएकाे हाे भएकाे पुष्टि भएकाे उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !