काठमाडौ, माघ २७ गते । राष्ट्रिय जनगणना २०७८ मा खटिने कर्मचारीको पाँच लाख रुपैया बिमाको व्यवस्था केन्द्रीय तथ्याङ्क विभागले गरेको छ ।
आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुन लागेको जनगणनामा खटाइने ३९ हजार कर्मचारीहरूका लागि बिमा गरिएको हो । राष्ट्रिय जनगणनाको प्रशासनिक व्यवस्था आर्थिक सुविधा सम्बन्धी मापदण्डमा जनगणना कार्यमा खटिनेहरूका लागि नियमानुसार पाँच लाख रुपैयाँसम्मको चोटपटक तथा दुर्घटना बिमा गरिने व्यवस्था छ ।
विभागले जनगणनाका निम्ति ८ हजार सुपरिवेक्षक र ३९ हजार गणकको विज्ञापन गरी माग गरिसकेको छ । सुपरिवेक्षकका लागि स्नातक उत्तीर्ण गरेको र गणकले कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
सो विज्ञापनमा महिलाको हकमा १८ देखि ४५ वर्ष र पुरुषको १८ देखि ४० वर्षकाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !