जनकपुरधाम, माघ २७ गते । भारतको बिहारमा नेपाली बालिकाको भएको बलत्कार घटनामा स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बन गरिएको छ ।
टाइम्स अफ इण्डियाले प्रकाशन गरेको समाचारमा भारत बिहारको मोतिहारी जिल्ला प्रहरीका एसपी नवीन चन्द्र झाले कुण्डवा चैनपुर थानाका प्रमुख सञ्जीवकुमार रञ्जनलाई निलम्बन गरेको जनाइएको छ ।
थाना प्रमुख रञ्जनमाथि आरोपीसँग मिलेर घटना दबाउन पीडितको जाहेरी लिन अस्वीकार गरेको आरोप रहेको छ । स्थानीयद्वारा समाजिक सञ्जालमा आरोपी र थाना प्रमुखबीचको अडियो कुराकानी भाइरल भएपछि एसपी झाले कारवाही प्रक्रिया अघि बढाएको हो ।
गएको माघ ८ गते बर्दियाको बारबर्दिया नगरपालिका(३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएका थिए । मृतकका परिवार भारतमा मजदुरी गर्दै गुजारा चलाउँदै आएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !