जनकपुरधाम, माघ २४ गते । नेपाल पत्रकार महासंघ प्रदेश २ कार्यसमितीले विधान विपरित गरेकाे सदस्ता वितरण र नवीकरणकाे सिफारिस सच्याउन जिल्लाध्यक्षहरूले मांग गरेका छन ।
शनिवार जनकपुरधाममा केन्द्रीय सदस्य अवधेश झाकाे उपस्थितिमा भएकाे भेलाबाट प्रदेश स्थित ७ वटा जिल्लाका अध्यक्षहरूले संयुक्त रूपमै मांग गरेका हुन ।
शाखाका अध्यक्षहरुले भेलाबाट २ बुदेँ निर्णय गर्दै पत्रकार महासंघ प्रदेश २ ले केन्द्रीय समितिमा गरेको सिफारिस फिर्ता लिई नसच्याएमा आउदोँ फागुन १ गते हुने भनिएको प्रादेशिक साधारण सभामा सहभागी नहुने चेतावनी समेत दिएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको भेलाबाट नेपाल पत्रकार महासंघ प्रदेश २ को समितिले शाखाहरुको अधिकारलाई कुण्ठित गरी विधान विपरित सदस्यता वितरण, नविकरण र थपघट गर्ने काम गरेकोले त्यसलाई अविलम्ब सच्याउन माँग गर्ने एवं नेपाल पत्रकार महासंघ प्रदेश २ समितिको आगामी फागुन १ गते विरगञ्जमा हुने अधिवेशन अगावै गलती सच्याई समस्याहरु समाधान नगरे अधिवेशन सहभागी नहुने निर्णय गरिएकाे संयुक्त विज्ञप्तिमा भनिएकाे छ ।

साे संयूक्त विज्ञप्तिमा धनुषाका अध्यक्ष अनिल मिश्र, रौतहटका अध्यक्ष रविन्द्र साह, सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता, बाराका अध्यक्ष कमल उपाध्याय, पर्साका अध्यक्ष श्याम बञ्जारा र सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरकाे हस्ताक्षर रहेकाे छ ।
भेलाबाट भएको निर्णयहरु पत्र सहित भेलामा उपस्थित नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, महासचिव किरण कर्ण र केन्द्रिय सदस्य अवधेश झालाई समेत हस्तान्तरण गरिएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !