जनकपुरधाम, माघ २४ गते । महाेतरी प्रहरीले नक्कली नोटको कारोवार गर्ने आराेपमा दुई जना भारतीय नागरिक पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला थाना बेला ग्रामपंचायत नर्गा लक्ष्मीपुर २ का ३५ वर्षीय साविर अन्सारी र थाना सुरसण्ड ग्रामपंचायत पटनपुरा १४ का ४२ वर्षीय जियाउल अन्सारी रहेकाे जिल्ला प्रहरी कार्यालय महाेतरीले जनाएकाे छ ।
भारतीय नम्बरकाे गाडी सहित ङ २९–८०१९१२ नम्बरको रु. ५ सयको १७ थान नोट, ङ ६५–७६३८८९ नम्बरको ६ थान, च ४०–१५८३०२ नम्बरको ४ थान नोट गरी १३ हजार ५ सय नक्कली रुपैया सहित नेपाली रु. १६ हजार र भारतीय पहिचान पत्र बरामद गरेको जनाइएको छ ।
गोप्य सूचनाको आधारमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १ स्थित रामानन्दन विशेश्वर महेन्द्र क्याम्पस अगाडीबाट नियन्त्रणमा लिएको कुरा महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताएका छन् ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुर र महोत्तरीको अस्थाई प्रहरी पोष्ट नगरपालिका जलेश्वरबाट खटेको संयुक्त प्रहरी टोलीले रामानन्दन विशेश्वर महेन्द्र क्याम्पस अगाडी भारतीय नम्बर प्लेटको गाडी चेकजाचँ गर्दा अबैध नक्कली नोटहरू फेला परेको प्रवक्ता विष्टले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !