काठमाडौ, माघ २३ गते । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र कसैलाई तलमाथि गर्न दिने छैनौ बताएका छन ।
शुक्रवार नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन ओलीले भने कतिपयले राजतन्त्र फर्किएको घोषणा हुन्छ, त कसैले कसैले ओलीले संघीयता समाप्त पारेको भन्छन ।
तर आफू सबैलाई विश्वास दिलाउन चाहन्छु यत्रो आन्दोलन पश्चात देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । यसलाई कुनैपनि हालतमा समाप्त हुन दिन्नौं । कसैले चलाएको हल्लाको पछाडि नेपाली जनता जादैन र कसैले भन्दैमा संघीयता समाप्त हुन दिन्न उन भने ।
उनले अघि भने, जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे । आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैलाई तलमाथि गर्न दिने छैनौ बताए ।
दुई/चार हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर भुर्कि देखाउनेको काम भएपछि आफूहरुले सभा गर्नु परेको ओलीले बताए । लाखौको अहिलेको जनताको भीड यो त कास्टिङ मात्र भएको भन्दै उनले काठमाडौंका सबै सडकमा स्क्रिनहरु राखेर सभा गर्नुपर्ने दिन आउनसक्ने चेतावनी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !