जनकपुरधाम, माघ २२ गते । नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठक सम्पन्न भएको छ ।
बिहीवार महासंघको आफ्नै भवनमा सम्पन्न बैठकबाट आगामी २४ औं साधारण सभा भब्य रुपमा सम्पन्न गर्ने निष्कर्ष निकाल्दै सभा सफल पार्ने सबै संचारकर्मीलाई आभार प्रकट गर्ने निर्णय गरिएको छ ।
बैठकले सदस्यता बितरणमा पर्साले सबै प्रकृया र मापदण्ड पुरा गरि गरेको सिफारिसमा ३ जनालाई सदस्यताबाट बञ्चित गर्ने, एकजनालाई प्रकृया बिपरित सदस्यता थप्ने प्रदेश कार्यसमितिको निर्णयलाई अस्वीकार गर्ने निष्कर्ष निकाल्दै पुनरावलोकनको लागि आवश्यक प्रकृया अघि बढाउने निर्णय समेत गरेको छ ।
आगामी फागुन महिनामा कार्य समितीका पदाधिकारी एवं सदस्यहरुलाई अन्य जिल्लामा महासंघले गरेको गतिबिधीको अवलोकन गर्न सबैले आफ्नो निजी खर्चमा भ्रमणमा जाने निर्णय पनि बैठकबाट गरिएको छ ।
अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा बसेको बैठकमा उपाध्याक्ष अनुप तिवारी, सचिब युवराज खड्का, उप सचिब निलिमा पौडेल, कोषाध्याक्ष भूषण यादब, सदस्याहरु शुश्मा शर्मा, सञ्जिब मिश्रा, जियालाल साह, सफल खतिवडा, मनोज पटेल, प्रणय कुमार साह, पुष्पराज तिमस्सिना लगायतको सहभागिता रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !