जनकपुरधाम, माघ २२ गते । प्रहरीको लाठी चार्जबाट जनकपुरधाममा नेकपा दाहाल नेपाल समूहका घाइते भएकामध्ये पुर्वमन्त्री मातृका यादव, नेता रामचन्द्र झा सहित चार जनालाई थप उपचारका लागि काठमाडौ लगिएको छ ।
प्रहरीको लाठी चार्जबाट घाइते भएका मध्ये पुर्वमन्त्री यादव, स्थायी समिति सदस्य रामचन्द्र झा, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहलाई अवस्था गम्भीर देखिएकोले थप उपचारका लागि रेफर गरिएको हो ।
प्रादेशिक अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएपछि उनीहरु आफ्नो हिसाबले थप उपचारका लागि काठमाडौ गएको प्रादेशिक अस्पतालका मेसु डा. प्रमोद यादवले बताएका छन ।
उनका अनुसार झाको टाउको पुर्व मन्त्री यादवको अण्डकोषमा गम्भीर चोट लागेको हो । नगरप्रमुख बरबरिया र नेता साहलाई टाउको र शरीरका अन्य भागमा चोट देखिएको छ । ती गम्भीर घाइतेहरुलाई थप उपचारका लागि प्लेनबाट काठमाडौ स्थित टिचिङ्ग अस्पतालमा लगिएको कुरा संघर्ष समिति धनुषाका संयोजक सुधिर साहले जानकारी दिएका छन ।
बिहीवार दिउंसो बन्द सफल पार्न जनकपुरधाम स्थित शिव चौकमा बजार बन्द गराउने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । सो झडपको क्रममा प्रहरीले गरेको लाठी चार्जबाट पुर्वमन्त्री यादव, नेता झा र नगरप्रमुख अरगरिया सहित एक दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !