जनकपुरधाम, माघ २२ गते । जनकपुरधाममा बन्द सफल गराउन हिंडेका नेकपा दाहाल नेपाल समूहका पुर्वमन्त्री एवं स्थायी समिति सदस्य मातृक यादव र रामचन्द्र झा सहित एक दर्जन नेता कार्यकर्ताहरु प्रहरीको लाठी चार्जबाट घाइते भएको छ ।
जनकपुरधाम बजार बन्द गराउन गराई रहेका बेला शिव चोकमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । झडपको प्रहरीले लाठी चार्ज गर्दा पुर्व मन्त्री यादव र झा सहितका नेता कार्यकर्ताहरू घाईते भएको हो ।

नेता झाको टाउकोमा चोट लागेको छ भने यादवको खुट्टामा लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिएका छन । पर्वमन्त्री यादव र नेता झालाई सहितका घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । झाको टाउकोमा गहिरो चोट देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएको छ ।
घाइते हुनेहरूमा झा सहित शिवकुमार गोइत, सुरेश कापर, कारीराम यादव, प्रदीप साह, रूपेश विराजी, उमेश साह, रंजित पांडे, अपराजय मण्डल, सुभाष मण्डल, विरजु विराजी रहेका छन ।
झडपको क्रममा सई नागेन्द्र यादव र प्रहरी जवान लालबाबु राय सहित दुईजना प्रहरी समेत गम्भीर भएको छ । उनलाई पनि उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको धनुषा प्रहरीले जनाएको छ । अहिले जनकपुरधाम बजारको अवस्था तनावग्रस्त रहेको छ ।

प्रहरीको गाडीमाथि आक्रमण गर्न खोज्दा झडप भएको र झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै अवस्था नियन्त्रणमा लिन दर्जनौ राउन्ड हवाइ फायर समेत गर्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बिहान देखि बेलुका दुई बजेसम्म बजार बन्द गराउन हिडेका एक दर्जनभन्दा बढी प्रदर्शनकारी प्रहरीले नियन्त्रणमा लिएका छन ।
उता महाृतरी बर्दिबासमा समेत प्रहरीको लाठी चार्जबाट घाईते भएका छन । बर्दिवास नगरपालिका ३ का अध्यक्ष राजन ढुंगाना घाइते भएका हुन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !