जनकपुरधाम, माघ २१ गते । प्रतिनिधि सभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
घोषित कार्यक्रम अनुसार जिल्ला स्तरमा माघ २३ गते जनप्रदर्शन, माघ २५ गते पुत्ला दहन र माघ २८ गते मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
जसपका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले एक विज्ञप्ति जारी गर्दै संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका तथा वडा स्तरमा परिस्थिति अनुसार विरोधका कार्यक्रमहरु निर्धारण गरी आन्दोलनलाई निरन्तरता दिन बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !