जनकपुरधाम, माघ १९ गते। महाेतरीबाट सशस्त्र प्रहरीका एक बरिष्ठ हबल्दारलाई अख्तियार दुरूपयाेग अनुसन्धानकाे टोलीले घुससहित पक्राउ गरेको छ ।
साेमवार दिउंसाे करी ५ बजेतिर जिल्लाको गौशाला नगरपालिकास्थित निगौलचोकबाट १५ हजार रुपैयाँ घुस सहित गाैशाला बेश क्याम्पमा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार श्रवण बस्नेतलाई पक्राउ परेकाे हो ।
बस्नेतलाई दाउरा ओसारपोसारमा सहजिकरण गरिदिने भन्दै एक व्यक्तिसँग सो रकम घुस लिएकाे आराेपमा आयोगको कार्यालय बर्दिबासबाट टिकाराम भण्डारीको नेतृत्वमा खटेको टोलीले पक्राउ गरेका छन ।
बस्नेतलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएकाे कुरा अख्तियार बर्दिबासका संचार प्रवक्ता मणिराज ज्ञवालीले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !