जनकपुरधाम, माघ १६ गते । अख्तियारले धनुषाबाट नेपाल विद्युत प्राधिकरणका ४ जना कर्मचारीलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ।
शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले धनुषाकाे महेन्द्रनगरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केवर फ्युज शाखामा कार्यरत रहेका ४ जना कर्मचारीलाई ५ हजार रुपैयाँ घुस रकम सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुपरभाइजर जगत नारायण साह , नवलकिशोर महतो, मनोहर कुमार महतो र एम कुमार महतो रहेको अख्तियारकाे बर्दिबास कार्यालयले जनाएको छ । अख्तियारबाट खटिएको टोलीले धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित विश्रामपुरबाट उनीहरुलाई पक्राउ गरेको हाे ।
विश्रामपुरमा रहेको एक कुखुरा फर्ममा विद्युत जडान गरी दिएको वापत भन्दै सेवाग्राहीसँग गैरकानूनी रुपमा ५ हजार रुपैयाँ घुस रकम लिएको भनी गोप्य सूचनाको आधारमा तिनीहरूलाई रङ्गेहात पक्राउ गरिएकाे जनाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !