Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर दासको दादागिरी : अदालतको आदेशलाई लत्याउंदै जग्गा अधिग्रहण


मेयर दासको दादागिरी : अदालतको आदेशलाई लत्याउंदै जग्गा अधिग्रहण

जनकपुरधाम, माघ १६ गते । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले अदालतको आदेशलाई लत्याउंदै सडक विस्तारको क्रममा अधिग्रहणको नाममा मापदण्ड विपरित दादागिरी शैलीमा स्थानीयको जग्गा अतिक्रमण गर्न खोजेको आरोप लगाइएको छ ।

हुलाकी राजमार्ग आयोजनाको निर्माणाधीन विरेन्द्र बजार—महिनाथपुर सडक खण्ड अन्तर्गत विदेह नगरपालिकाका मेयर दासले वडा नम्बर ६ स्थित तिनकौरिया बजारमा पर्ने गिद्धा बेला स्थित श्री जनता नमूना माध्यमिक विद्यालय र एक वडाध्यक्षको जग्गा जोगाउन बलजफ्ती स्थानीयको निजी जग्गा अतिक्रमण गर्न लागेको हो ।

वर्षेणी लाखौ रुपैयामा बजारका लागि ठेक्का लगाइदै आएको विद्यालय र वडा नम्बर ५ का अध्यक्ष विजय यादवको पनि जग्गा पनि अधिग्रहणमा पर्न जाँदा मेयर दासले सो जग्गा बचाउन नाप नक्सा विपरित सडक नै टेढो हुने गरी घुमाएर एक दर्जनभन्दा बढी स्थानीयवासीको जग्गा अतिक्रमण हुने गरी अधिग्रहण गर्न लाग्दा विवाद उत्पन्न भएको छ ।

सो सडक विवाद करीब दुई वर्षदेखि चल्दै आएको छ । मेयरले विद्यालय र वडाध्यक्षको जग्गा बचाउन मापदण्ड स्थानीयको जग्गा अधिग्रहण गर्न खोज्दा पिडित स्थानीयले उच्च अदालतमा मुद्दा दिंदा अन्तरिम आदेशपछि निर्माण कार्य रोकियो । त्यसपछि दुवै पक्षको सहमति पश्चात निर्माण कार्य अघि बढाइयो तर मेयरको दादागिरी कायमै रहेपछि स्थानीयले पुनः उच्च अदालतमा मुद्दा हाले ।

त्यसपछि अदालतले मापदण्ड अनुसार काम गर्न अन्तरिम आदेश गरेपछि मेयर दासले सो आदेशलाई बेवास्ता गर्दै पुनः विद्यालय र वडाध्यक्षको जग्गा बचाउन अधिग्रहणको नाममा अतिक्रमण गर्न खोजेपछि विवाद बढदै गएपनि सडक निर्माण कार्य अनिश्चित बन्दै गएको छ ।

यस्तो छ मेयरको दादागिरी

मेयर दासले मापदण्ड विपरित जग्गा अधिग्रहण खोज्दा स्थानीयले मेयर सहितका लागि विपक्षी बनाई २०७५ सालमा उच्च अदालतमा हालेपछि विवाद समाधान गरी मापदण्ड अनुसार सडक निर्माण गर्न विपक्षीहरुको नाम अन्तरिम आदेश जारी गरिएको छ ।

अदालतको आदेशपछि मापदण्ड अनुसार ३० मीटर विस्तार गर्दा बजार क्षेत्र घना वस्ती भएको कारण बढी क्षति हुन सक्ने दृष्टिगत गर्दै मूल सडकको केन्द्रलाई आधार मानी ८÷८ मीटर दुवैतर्फ जग्गा अधिग्रहण गर्ने सहमति भएको थियो । सो सहमति विपरित एकतर्फी रुपमा स्थानीयको जग्गा अधिग्रहण खोज्दा स्थानीयले पुनः उच्च अदालतमा मुद्दा हाले ।

सो मुद्दामा उच्च अदालत जनकपुरका न्यायधिशद्वय बालकृष्ण उप्रेती र ध्रुवराज नन्दको संयुक्त इजलाशबाट पुनः मापदण्ड अनुसार सडक निर्माण गर्न/गराउन विपक्षीहरुको नाममा २०७६ जेठ १४ गते अन्तरिम आदेश जारी गरियो । तर मेयर दासले सो आदेशलाई लत्याउंदै आफ्नो उपस्थितिमा लठैत लगाएर बलजफ्ती मापदण्ड विपरित आफूहरुको घर पर्खाल भत्काएको पिडीत स्थानीयहरुले बताएका छन ।

आफूहरुको विरोधले गर्दा महिनौदेखि सडक निर्माण कार्य अवरुद्ध रहेपछि समयमै सडक निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायबाट दबाव पर्न थालेपछि मेयर दासले विद्यालय र वडाध्यक्षको जग्गा बचाउन लागेपछि सम्पूर्ण स्थानीय नै उनको विरोधमा उत्रेको उनले बताए ।

विवादले निर्माण अनिश्चित

कुल ३२ किलोमीटर निर्माण हुने भनिएको सो सडक खण्डमा सम्पूर्ण निर्माण कार्य पुरा भएपनि मेयर दासको मनपरीको कारण तिनकौरियामा २ सय मीटर निर्माण कार्य हुन नसक्दा आयोजना अधुरो हुन गएको छ । मेयर दासले आफ्नो पदीय दायित्व विपरित कार्य गर्न खोजेकामा स्थानीयले प्रतिकार गर्नेसम्मको अवस्थामा मनस्थितिमा पुगिसकेको छ ।

मेयरले आफ्नो पदीय दायित्व पुरा गर्नुपर्नेमा सो नगरी विद्यालय र वडाअध्यक्षको जग्गा बचाउन पटक पटक अदालतको आदेश र स्थानीयसंगको सहमतिलाई बेवास्ता गर्दै मापदण्ड विपरित अधिग्रहणको नाममा जग्गा अतिक्रमण गर्न खोजेको पिडीत एक स्थानीयले आरोप लगाए ।

विद्यालय प्रधानाध्यापक पवन मण्डल र वडाध्यक्ष विजयले जग्गा अधिग्रहणले बजार ठेक्काबाट आउने लाखौ रकम गुम्ने डरले मेयरलाई प्रभावमा पारेको र तिनीहरुकै अनुसार मापदण्ड विपरित जग्गा अधिग्रहण गर्न लाग्दा स्थानीयवासी मात्र होइन स्थानीय वडाध्यक्ष समेतले विरोध जनाएका छन ।

स्थानीय वडा नम्बर ६ का अध्यक्ष जयराम मण्डलले भने मापदण्ड विपरित कार्य हुनु गलत हो, अदालतले जे आदेश गरेको छ त्यही अनुसार काम हुनु परयो । अदालतको आदेश र मापदण्ड अनुसार कार्य अघि नबढाइए कतई बर्दास्त हुँदैन त्यसमा हाम्रो असहमति हुनेछ ।

स्थानीयको आरोपप्रति मेयर दासले संचारकर्मीको जिज्ञासामा पन्छिदै भने आफू न कसैको जग्गा बचाउन खोजेको छु न कसैको घर भत्काएको छु । आफूमाथि लगाइएको आरोप गलत हो ।
उनले भने आफू पनि अदालतको आदेश र मापदण्ड अनुसार काम हुनुपर्ने पक्षमा छु । सोही अनुसार काम गर्न खोज्दा केही स्थानीयको जग्गा अधिग्रहणमा पर्दा तिनीहरुको विरोधले विरोध गरेका हुन ।

स्थानीयले हुलाकी राजमार्ग योजना कार्यालय, ठेक्केदार पप्पु जेभी, नगरपालिकाका मेयर बेचन दास, वडा नं. ६ का अध्यक्ष स्थानीय जिरेखन मण्डल, लछु मण्डल केवट र सभापति मण्डल केवटलाई विपक्षी बनाई उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतको आदेशलाई अव्हेलना गर्दै मेयर दासले बलजफ्ती पुनः मापदण्ड विपरित स्थानीयको जग्गा अधिग्रहण खोज्दा स्थानीयले उनी विरुद्ध अव्हेलनाको मुद्दा उच्च अदालतमा दर्ता गराएका छन ।

मेयर दास निर्वाचित भएदेखि नै विवादित रहदै आएका छन । कहिले आफ्ना जातिय र नातेदारलाई नगरपालिकामा जागिर दिएकोमा, त कहिले मदिरा पसलेसंग भुक्तानीको नाममा कमीशन मांग्दा, केही दिन दुर्गापुजामा केटी नचाउंदै सेल्फी लिएको लगायतका घटनामा उनी विवादित बन्दै आएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७७ माघ १६, शुक्रबार २२:५०
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ माघ १६, शुक्रबार २२:५०
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ माघ १६, शुक्रबार २२:५०
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ माघ १६, शुक्रबार २२:५०
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ माघ १६, शुक्रबार २२:५०
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ माघ १६, शुक्रबार २२:५०

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव