जनकपुरधाम, माघ १४ गते । सिरहा प्रहरीले जिल्लाकाे चाेहर्वाबाट एक युवकलाई लागू अौषध ब्राउन सुगर सहित पक्राउ गरेकाे छ ।
बुधवार दिउंसाे ३ बजेकाे समयमा प्रदेश प्रहरी २ काे कार्यालय र सिरहा गाेलबजार ईलाका प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएका प्रहरी टाेली चेकजांचकाे क्रममा १ ग्राम ४५० मिलीग्राम सहित ती युवकलाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिक्रीका लागि ब्राउन सुगर लगिरहेकाे गाेप्य सुचनाकाे अाधारमा चाेहर्वामा चेकजांच गर्दा नरहा गाउंपालिका ३ निवासी १९ वर्षिय युवक कृष्ण कुमार महताेकाे साथबाट सेताे र राताे रंगकाे प्लास्टिकमा राखिएकाे ब्राउन सुगर बरामद गरिएकाे छ ।
प्रहरीले जनाए अनुसार महताेकाे साथबाट अबैध लागु औषध (ब्राउन सुगर) सेतो र रातो रंगको प्लाष्टिकको पोकामा तयार पारिएको स-सानो पोका थान-१४, तौल गर्दा प्लाष्टिक सहित १ ग्राम १३० मिलिग्राम र प्लाष्टिक हटाएर तौल गर्दा ३२० मिलिग्राम बरामद भएकाे छ ।
महतोलाई नियन्त्रणमा लिई ईप्रका गोलबजार सिरहमा राखि थप अनुसन्धान कार्य अघि बढाइएकाे जिप्रका सिरहाले जनाएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !