Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा मन्त्रीबाट कोभिड खोप अभियान शुरु, ३४ हजारलाई दिइने तयारी (फोटो फिचर)


प्रदेश २ मा मन्त्रीबाट कोभिड खोप अभियान शुरु, ३४ हजारलाई दिइने तयारी (फोटो फिचर)

जनकपुरधाम, माघ १४ गते । देशका विभिन्न स्थान सहित प्रदेश २ मा पनि बुधवारदेखि विधिवत रुपमा कोरोना विरुद्ध कोभिड खोप अभियान शुरु भएको छ ।

पहिलो चरणमा प्रदेशका धनुषाको जनकपुरधाम, पर्साको विरगञ्ज र सप्तरीको राजविराजबाट एकैसाथ अौपचारिक कार्यक्रम गरी खोप दिने अभियान शुरु भएको छ । जनकपुरधाममा प्रादेशिक अस्पताल, विरगंजमा नारायणी उपक्षेत्रिय अस्पताल र राजविराजमा गजेन्द्रनारायण सिंह अस्पतालबाट खोप दिने अभियानकाे कार्यक्रम गरिएकाे हाे ।

प्रदेशमा पहिलो खोप प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई लगाएर प्रादेशिक अस्पतालबाट अभियानको शुरुवात गरिएको छ भने विरगञ्जमा नर्स हेमा थापा र राजविराजमा स्टाफ नर्स सुनिता यादवलाई पहिलो खोप लगाइएको हो ।

खोपप्रति कुनै किसिमको डर भयत्रास नहोस भन्ने उद्देश्यका साथ कोरोना संक्रमित भइसकेका मन्त्री यादवले प्रदेशमा पहिलो खोप लगाएर खोपका शुरुवात गरेका हुन । मन्त्री यादवले पहिलो खोप लगाएकोमा व्यापक आलोचना समेत भइरहेको छ ।

प्रादेशिक अस्पतालमा कानून मन्त्री यादवपछि अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादव, शववाहन चालक राजकुमार यादव र स्वास्थ्यकर्मी विनयकुमार गोइतले कोरोना विरुद्धको भ्याक्सिन लिएका छन् भने त्यसपछि बाँकी चिकित्सक, स्वास्थयकर्मी, सरसफाईकर्मीहरु, शव वाहन चालकले भ्याक्सिन लिन सुरु गरेका छन् ।

भ्याक्सिन लिएपछि मन्त्री यादवले भ्याक्सिन लिनुपूर्व र लिएपछि शरिरमा कुनै किसिमको फरक नपरेको बताए । उनले भ्याक्सिन विरुद्धको विभिन्न अफवाहरु रहेकोमा त्यसलाई चिर्न आफुले पहिले भ्याक्सिन लिएको बताए । पहिलो चरणमा प्रदेशका धनुषा, पर्सा र सप्तरी सहितका तीन जिल्लाबाट खोपको शुरुवात गरिएको भन्दै मन्त्री यादवले प्रत्येक जिल्लाबाट पनि खोप दिइने व्यवस्था मिलाउने तयारी भइरहेको र यस प्रदेशको ११ स्थानकाे अस्पपतालबाट खोप दिइने व्यवस्था गरिएकाे मन्त्री यादवले बताए ।

उनले भ्याक्सिन ल्याउने जिम्मा संघ सरकारको रहेकोले यदि संघ सरकार त्यसबाट पञ्छिए प्रदेश सरकार आफै व्यवस्था मिलाएर आम जनताका लागि चाँडै प्रदेश सरकार भ्याक्सिनको व्यवस्था गर्ने बताए ।

प्रादेशिक अस्पतालमा पहिलो चरणमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, सफाईकर्मी र शववाहन चालक सहितका २ सय २५ जनालाई दिइने छ भने त्यसपछि जिल्लाका अन्य स्वास्थ्य संस्था, निजी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई दिइने जानकारी अस्पलतालका मेसु डा. प्रमोद यादवले जानकारी दिएका छन ।

खोप साइड इफेक्ट रहित

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कोभिड अस्पतालका प्रमुख एवं राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. जामुन सिंहले यो खोप सबै भन्दा उत्कृष्ट रहेको बताए ।

अहिलेसम्म निर्यातकर्ता भारतमा कुनै खोपमा कुनै साइड इफेक्ट नदेखिएकोले खोप लगाउन कुनै भयत्रास मनमा नराख्न आग्रह गर्दै उनले यो खोप पुर्ण रुपमा सुरक्षित रहेको आश्वास्त गर्नु भयो ।
डा. सिंहले भने खोप बारे जानकारी जानकारी दिदैं भने कुनैपनि खोप पहिलो चरणमा बालबालिका अर्थात १८ वर्षभन्दा कम उमेर र गर्भवती महिला लगायतलाई नदिने भएकोले यो खोप पनि तिनीहरुलाई दिइने छैन ।

उनले डब्लुचएओले यस भ्याक्सिनलाई आपतकालिन रुपमा प्रयोग गर्न सबैभन्दा पहिले मान्यता दिएको र यो भ्याक्सिन बनाउने कम्पनी विश्वमा आवश्यक पर्ने ६० प्रतिशत खोपको आपुर्ति गर्ने गरेकोले यसमा विश्वास गर्न सबैसँग आग्रह गरे ।

प्रदेशमा ३४ हजारलाई खोप दिइने तयारी

पहिलो चरणको लागि यस प्रदेशमा ३४ हजार ८ सय ४ डोज कोरोना भ्याक्सिन आएकोमा हालसम्म ३१ हजार भन्दा बढीको नाम संकलन गरिएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताए ।

पहिलो चरणमा भ्याक्सिन लिनेमा २३ हजार ७१ जना चिकित्सक तथा नर्सहरुको नाम दर्ता गरिएको छ । सरकारी अस्पतालका ११ हजार ७ सय ३७ र निजी अस्पतालका ११ हजार ३ सय ३४ जनाको नाम दर्ता गरिएको छ । त्यस्तै ७ हजार २७ महिला स्वयंसेवीका र १ हजार २ सय ४ जना सरसफाईकर्मीको नाम भ्याक्सिन लिनेको नाम दर्ता गरिएको झाले बताए ।

प्रदेश सरकारले सबभन्दा बढि धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप लगाउने बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ माघ १४, बुधबार १४:४९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ माघ १४, बुधबार १४:४९
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ माघ १४, बुधबार १४:४९
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ माघ १४, बुधबार १४:४९
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ माघ १४, बुधबार १४:४९
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ माघ १४, बुधबार १४:४९

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव