जनकपुरधाम, माघ १३ गते । यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे टाेलीले छापामारी गरेका छन ।
सेवाग्राहीसँग घुस वापत लिएको रकम कार्यालयमै लुकाएर राखिएकाे गाेप्य सूचनाको आधारमा आयोगकाे बर्दिवासबाट खटिएकाे टोलीले कार्यालयमा छापामारी गरेकाे हाे ।
मंगलवार बेलुका ७ बजेदेखि कार्यालयमा शुरू गरिएकाे छापामारी समाचार लेख्दासम्म जारी नै रहेकाे थियाे । समाचार लेख्दासम्म अख्तियार टाेलीले साे कार्यालयबाट लुकाइएकाे अवस्थामा राखिएकाे २ लाख २३ हजार बरामद गरेकाे थियाे । अख्तियारका इन्सपेक्टर राजु कुर्मीकाे नेतृत्वमा खटेकाे टाेलीले कार्यालयकाे टेबुल, साेफा, कार्पेट र कुनाकाप्चामा राखिएकाेकाे अवस्थामा खानतलासी गर्दा अख्तियारले बरामद गरेकाे हाे ।
सवारी चालक अनुमति पत्र वापत लिएकाे घुसको ठुलो रकम कार्यालय भित्र नगद नै भेट्ने जानकारी अख्तियारलाई जानकारी आएपछि टोलीले हामीले छापामारी गरेकाे कुरा अख्तियार कार्यालय बर्दिवासका अधिकृत मनिराम ज्ञवालीले बताएका छन ।
उनले भने, गोप्य सूचनाको आधारमा हामी यहाँ आएका हौं । यहाँ अवैध रकम भेटाउने जानकारी आएपछि ४ बजेदेखि नै छापामारी भईरहेको छ अहिलेसम्म केही नभेटाएपनि टोलीले अनुसन्धान जारी नै राखेको छ ।
उनले टोली कार्यालय भित्र प्रवेश गरेपछि कर्मचारीहरु भाग्न खोजेपछि तिनीहरूलाई अनुसन्धान नसकुञ्जेलसम्मका लागि नियन्त्रणमा राखिएकाे जानकारी दिए । श्राेतका अनुसार कार्यालय भित्र कार्यालय प्रमुख विरेन्द्र साह, कार्यालय सहयाेगी भाेगेन्द्र कापर, दुईजना करारका कर्मचारी र दुईजना विचौलियालाई कार्यालयभित्रै आयाेगले नियन्त्रणमा राखेकाे छ ।
आयाेग श्राेतका अनुसार यातायात कार्यालयमा गैर कानुनी तरिकाले लाईसेन्स बनाए वापतको करिब १ करोड रुपैयाँ नगद राखिएकाे आयाेग सुचना दिइएकाे थियाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !