जनकपुरधाम, पुस २१ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा विभाजति भएपछि आज मंगलवार पहिलो पटक धनुषामा औपचारिक रुपमा अलग अलग खेमामा कार्यक्रम आयोजना गर्दैछ ।
जनकपुरधाममा प्रधानमन्त्री केपीशर्मा ओली समूह जिल्ला अगूवा कार्यकर्ता भेला गर्दैछ भने दाहाल नेपाल समूह जिल्लाभरि स्थानीय तहहरुमा भेला कार्यक्रम गरिरहेको छ ।
ओली समूहले पार्टीको प्रदेश कार्यालयमा कडा सुरक्षाका बीच दिउंसो १ बजेदेखि उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्य महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महासेठको विशिष्ट आतिथ्य अगूवा कार्यकर्ता भेला गर्दैछ ।
भेला अघि शक्ति प्रदर्शनको रुपमा ओली समूहका नेता कार्यकर्ताहरुले रेलवे स्टेशनदेखि वृहत मोटरसाइकल ¥याली समेत प्रदर्शन गरेका छन । सो मोटरसाइकल ¥याली केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ताहरुका बाक्लो उपस्थिति रहेको छ ।
ओली समूहले तात्कालिन एमालेकै चुनावी गीत मन्त्री महासेठलाई विमानस्थलमा लिन पुगेका बेलादेखि मोटरसाइकल ¥यालीसम्म बजाएका छन । नेकपा कार्यक्रम भनिएपनि चुनावी गीत तात्कालिन एमालेकै भेला स्थलमा समेत बिहानैदेखि बजाउंदै गरेको देखिएको छ ।
उता, दाहाल नेपाल समूहले धनुषाको १८ स्थानीय तह मध्ये जनकपुरधाम उपमहानगरपालिका बाहेक १७ स्थानीय तहमा तात्कालिन माओवादी केन्द्र र नेपाल समूहको नेता कार्यकर्ताहरुको सहभागिता गरिरहेको छ ।
ओली र दाहाल नेपाल दुवै समूहको जनकपुरधाममा कार्यक्रम भएकोले भिडन्त हुन सक्ने अवस्थाको मध्यनजर गर्दै दाहाल नेपाल समूह ब्याक भएका छन । उनले जनकपुरधाम उपमहानगरपालिकामा दुई पर कार्यक्रम सारेका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !