जनकपुरधाम, पुस १९ गते । जनता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुर, कालिदास र सन्कीको संज्ञा दिएका छन ।
आइतवार जसपाको भातृ संगठन समाजवादी युवा संघको आयोजित दुई दिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष उपेन्द्र यादवले भष्मासुर, वरिष्ठ नेता शरतसिंह भण्डारीले कालिदास र सन्कीका संज्ञा दिएका छन ।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष यादवले भने आफूले पाएको अधिकार आफूद्वारा नै समाप्त पार्ने भष्मासुर जस्तै जस्तै ओली पनि हुन । जसले आफूले पाएको अधिकार आफू नै समाप्त पार्ने दिसामा लागेको छ ।

उनले भने जनता पाएका जनादेश सहितको पाएको दुई तिहाई बहुमतिय सरकारलाई व्यक्तिगत स्वार्थका लागि आफ्नै पार्टीलाई ध्वस्त पार्न सरकार गिराउने भष्मासुर ओली बनेको हो । तर यसको असर संघीयता र संविधानमा परेको छ र यसले सम्पूर्ण देशलाई ध्वस्त पार्नेछ ।
अध्यक्ष यादवले नेपालका इतिहासमा ओली पहिला यस्ता हुन जसले आफ्नो सत्ता टिकाउन आफ्नै घरमा आगो लगाएका छन । ओलीको यो क्रियाकलापले नयाँ निरकुंश तानाशाह जन्माएको छ । तर विगतका तानाशाह जस्तै जनताको संघर्षबाट ओलीको निरकुंश तानाशाही समाप्त भएर जान्छ ।
ओलीको सोच र मानसिकता समाजवाद, विकासोन्मुख नभई महेन्द्रवादी सोच हो । राजा महेन्द्र जस्तै संविधानमाथि कु गरेर निरकुंश तानाशाह शासन सत्ता मुलुकमा लादन खोजेको आरोप लगाउंदै उनले विगतमा जसरी तानाशाह प्रवृतिको पता साफ भयो त्यसरी नै ओलीको पनि समाप्त भएर जान्छ तर त्यो न्यायपालिकाबाट नभई राजनीतिक संघर्षबाट हुन्छ भने ।
ओलीको सोच शासन सत्ता टिकाउने रहेको भन्दै उनले ओलीले गैर संवैधानिक र अलोकतान्त्रिक तरिकाले पहिला संसद विघटन गरयो, त्यसपछि प्रदेश सभा विघटन गर्नेछ, पछि गएर आफू सकेनौ भनी सेनाको हातमा शासन जिम्मा लगाई इमरेन्जी लागू गरी निरकुंश शासन सत्ताको जन्म दिएर सत्ता टिकाउने मनसायमा लागेको हो ।
एक अर्को पंसंगमा अध्यक्ष यादवले नेपालमा असल कम्युनिष्ट नै नरहेको भन्दै यहाँ कथित कमाउनिष्ट रहेको छ । नेपालमा कम्युनिष्टको नाममा व्यापार गर्ने कमाउनिष्टहरुले भ्रष्टाचारमा लिप्त रहेको कारण मुलुकको आर्थिक उन्नति र विकास हुन सक्दैन ।
मुलुकलाई उन्नति र विकासतर्फ लग्नुछ भने ओली जस्ता कमाउनिष्टहरुलाई मुलुकबाट उखाड फ्यांकेर संविधानबाट प्राप्त उपलब्धीलाई संरक्षित गरेर जाँदै कमीकमजोरीलाई संशोधन गरी संघीयतालाई संस्थागत गर्न जरुरी छ ।
ओली कालिदास र सन्की हो, उखालेर फ्याँकै : भण्डारी

कार्यक्रममा जसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले ओलीलाई कालिदास र सन्कीको संज्ञा दिदै भने यस्ता सन्कीको हातबाट मुलुक बचाइएन भने धारासायी भएर जानेछ ।
प्रधानमन्त्री ओलीलाई कालिदासको संज्ञा दिदै नेता भण्डारीले भने ओली यस्ता व्यक्ति जसले कालिदास जस्तै आफू नै बसेको रुखका हाँगा काटेका छन । आफ्नो शासन सत्ता टिकाउन आफ्नै पार्टीलाई दुई टुक्रामा विभाजित गरी देशलाई ध्वस्त पार्ने तर्फ लागेको नेता ओली हो ।
उनले भने ओली सन्की मान्छे हो एकपछि अर्को प्रतिगमनकारी कदम चाल्दै जानेछ, यसको कुनै भरोसा छैन यदि मुलुक र संघीयतालाई बचाउनुछ ओली प्रवृतिलाई उखालेर फ्याक्नुपर्ने आजको आवश्यकता जसको जिम्मेवारी जसपाका काँधमा आएको छ ।
किनकी संविधान र संघीयताप्रति कम्युनिष्ट मात्रै होइन कांग्रेस पनि इमान्दार नरहेको आरोप लगाउंदै कांग्रेसलाई ढुलमुले पार्टी जसले आफ्नो शासन सत्ता आउने आशमा चुनावको प्रतिक्षामा छन त्यससँग कुनै अपेक्षा जनताको नरहेकोले यो जिम्मेवारी हाम्रै काँधमा आएको छ ।
उनले भने हामी चुनाव सँग डराउदिन तर ओली प्रवृतिको यो कदमले मुलुक धारासायी भएर जाने र भविष्यमा नजिर बनेर जाने डर हामीलाई लागेको छ । त्यसैले भष्यिमा नजिर नबोस र मुलुक धारासायी हुनबाट बचोस भन्ने विचार बोकेर जसपा संघर्षको बाटो अपनाएको र यसमा सबै लोकतान्त्रिक शक्ति एकजुट भएर अघि बढनुपर्ने आवश्यकता छ ।
ओलीको एकपछि अर्को प्रतिगमनकारी कदम : मुख्यमन्त्री राउत

कार्यक्रममा जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री ओलीले संसद विघटन मात्रै होइन मन्त्रिपरिषद विस्तार जस्ता एकप्रति अर्को गैर संवैधानिक, अलोकतान्त्रिक प्रतिगमनकारी कदम चाल्दै आएको छ, यसको हामीलाई प्रतिकार गर्नुपर्छ ।
उनले भने संविधानमा सरकार कायम रहेको अवस्थामा संसद विघटन गर्ने कुनै धारा नै छैन तर ओलीले संसद विघटन गरे, त्यसपछि संविधानमा प्रतिनिधि सभा सदस्य मात्रै मन्त्री बन्न पाउने व्यवस्था छ । तर संसद विघटन भइसकेको अवस्थामा संसद नरहेका व्यक्तिहरुलाई मन्त्री बनाएर अर्को प्रतिगमनकारी कदम चालेको हो ।
मुख्यमन्त्री राउतले भने ओलीले पार्टीको आन्तरिक किचलोलाई लिएर आफुलाई बचाउन पार्टी र संविधानलाई क्षतविक्षत पारी देशलाई नै अन्धकारमा धकेलेको छ । हजारौ जनताको शहादत र विभिन्न विद्रोहबाट प्राप्त उपलब्धी संघीयतालाई ध्वस्त पार्ने ओलीको षडयन्त्रमा कांग्रेसले पनि साथ दिइरहेको छ ।
संसद विघटनपछि कांग्रेसको मनमा लड्डु फुटन शुरु भइसकेको कि चुनावमा गएर सरकार बनाउनेछु तर यो उनको भ्रम हो किनकी आज जुन प्रतिगमनकारी ओलीले चालेको छ त्यो भविष्यमा नजिर बनेर जानेछ र संसद विघटनको प्रक्रिया चलिरहनेछ । यसले मुलुकलाई धारासायी बनाउने यसबाट कसैको हित होइन अहित नै हुनेछ ।
सो कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, केन्द्रिय सदस्य उमेश साह, जानकीराम साह, महाजन यादव सहितका वक्ताहरुले आ आफ्ना धारणा राखका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !