जनकपुरधाम, पुस ११ गते । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम स्थित मोनाष्टिक आवासीय उच्च माविले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन ।
नेपालको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान निर्वाह गर्दै आएका मोनाष्टिकले आफ्नो ३५औं वार्षिकोत्सबको अवसरमा शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन ।
रक्तदान जीवन दान मूल नाराका साथ विद्यालयका निर्देशक डा. सोनु कुमार साहको आतिथ्यमा आयोजित सो रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक÷शिक्षिका, कर्मचारी, अभिवाक र सर्वसाधारण लगायतका व्यक्तिहरुले रक्तदान गरेका हुन ।

रक्तदान गर्नेहरुमा राजकुमार महासेठ, रोसन प्रधान, रविन्द्र साह, निशा अर्याल, आशिष साह, रश्मि कर्ण, दिपेन्द्र कुमार साह, अन्कृत श्रेष्ठ, अभिषेक यादव, हिमाल आचार्य डा.सजन ठाकुर, पवन कुमार यादव, दिनेश कुमार कर्ण, शम्भु मण्डल, अल्ताफ राजा, गजेन्द्र कुमार साह, अमन सिह, राजिव साह, बिबेक यादव, सतिश यादव, सत्रुधन मल्लिक र डा.बिपिन कुमार यादव रहेका छन ।
त्यसैगरी काशिनाथ काफ्ले, प्रिया चौधरी, लक्ष्मन कुमार सिह, यज्ञ यादव, राजेश नायक, रमेश कुमार साह, बिनय कुमार यादव, सुमन राउत, निरज चौधरी, बिबेक यादव, सुधीर मण्डल, सतेन्द्र यादव, राजेश कुमार कर्ण, राकेश कुमार साह, पुरषोतम पाण्डे, रियाज राईन र अँशु साह सहितका व्यक्तिले समेत रक्तदान गरेका छन ।
रक्तदान गर्नेहरुको प्रोत्साहनका लागि विद्यालयका प्रबन्ध निर्देशक साहले सम्मानपत्र सहित सम्मान समेत गरेको कुरा विद्यालयका शिक्षक विरेन्द्र कर्णले जानकारी दिएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !