जनकपुरधाम, पुस ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटनका लागि चालिएको कदम विरुद्ध जनकपुरधाममा जनता समाजवादी पार्टीद्वारा गरिएको विरोध प्रदर्शन गरिएको छ ।
बुधवार पुर्वनिर्धारित कार्यक्रम अनुसार देशभर सहित जनकपुरधाममा समेत प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा जसपाले ¥याली सहितको विरोध प्रदर्शन गरेका हुन ।
जनकपुरधामको जनक चौकबाट सयौं नेता कार्यकर्ताहरुको सहभागितामा निस्केको ¥याली नगर परिक्रमा गर्दै पुनः जनक चौकमै पुगी कोण सभामा परिणत भई सम्पन्न भएको थियो ।
¥यालीमा जसपाका विभिन्न भातृ संघ संगठनका प्रतिनिधि, जिल्ला तथा प्रदेश स्तरका नेता र प्रदेश सभा तथा स्थानीय तह जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
¥यालीमा सहभागी नेता कार्यकर्ताहरुले प्रधामन्त्री ओली मुर्दाबाद, राष्ट्रपति मुर्दाबाद, संसद विघटनको अलोकतान्त्रिक गैरसंवैधानिक कदम खारिज गर र प्रम ओलीको निरकुंशता विरुद्ध लोकतान्त्रिक शक्तिहरु एकजुट होऊ लगायतका नारा लगाएका थिए ।
कोण सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन गरेर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गैर संवैधानिक अलोकतान्त्रिक कदम चालेर निरकुंशता प्रवृति विरुद्ध सबै लोकतान्त्रिक शक्तिहरु प्रतिवाद गर्नुपर्ने बताएका थिए ।
उनीहरुले संविधानमै व्यवस्था नभएको व्यवस्थालाई बलजफ्ती संसद विघटन गराएर प्रम ओलीले जनयुद्ध, जनआन्दोलन र मधेश विद्रोहबाट प्राप्त उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा लागेकाले यस विरुद्ध लोकतन्त्र न्यायप्रेमीहरु एकजुट भएर लाग्नुपर्ने आग्रह गरेका थिए ।
सो विरोध प्रदर्शन कार्यक्रममा प्रदेश सभा सदस्यद्वय रामआषिश यादव, शैलेन्द्र यादव, प्रदेश नेता शेषनारायण यादव, नेताहरु रामजी राय, बजरंग यादव, पशुपति यादव, विभा ठाकुर, विन्दु ठाकुर, उर्मिला साह, सरिता शर्मा लगायत सयौं नेता तथा कार्यकर्ताहरु सहभागिता रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !