Tuesday, January 26, 2021
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शिक्षामा राजनीतिकरण होइन राजनीतिक मुद्दा बनाउनुपर्नेमा जोड

न्यूज डेस्क न्यूज डेस्क
पुस ८, २०७७, ६:१५ PM
1 min read
शिक्षामा राजनीतिकरण होइन राजनीतिक मुद्दा बनाउनुपर्नेमा जोड
12
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, पुस ८ गते । सरोकारवालाहरुले शिक्षामा राजनीतिकरण होइन राजनीतिक मुद्दा बनाउनुपर्नेमा जोड दिएका छन ।

बुधवार शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्वारा आयोजित के शिक्षा राजनीतिक मुद्दा हो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले शिक्षामा राजनीतिकरण भइरहेको कारण नै गुणस्तरीयता खस्किदै गएको दाबी गरेका छन ।

उनीहरुले वर्तमान परिवेशमा कोभिड १९ को कारण शिक्षामा परेको असरमा समेत राजनीतिकरण गरिन हुन थालेको भन्दै शिक्षामा हरेक वर्गको सहज पहुँच र गुणस्तरीय शिक्षाका लागि राजनीतिक मुद्दा बनाउनुपर्नेमा जोड दिएका थिए ।

अन्तरक्रियामा सहभागी विभिन्न गैर सरकारी संघ संस्थाका प्रतिनिधि, सामुदायिक विद्यालयका प्रतिनिधि, राजनीतिकर्मी र पत्रकारहरुले साक्षरता दर बढाउन र शैक्षिक विकासका लागि हरेक तहबाट इमान्दारीपुर्वक आ आफ्ना दायित्व पुरा गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

शिक्षामा शिक्षक सरुवा बढुवा, विभिन्न राहत, पिसीए र बालविकासको नाममा जारी विकृति तथा भ्रष्टाचारले समेत गुणस्तरीय शिक्षामा असर पारेकोले सम्बन्धित व्यक्ति इमान्दार हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागी शिक्षकहरुले विद्यार्थी संख्या अनुसार पुर्वाधार र शिक्षक नरहेको कारण पठन पाठनमा निकै समस्या भइरहेको औल्याउंदै स्थानीय तहमा शैक्षिक अधिकार गएपछि तलब भत्तामा समेत समस्या उत्पन्न भइरहेको पीडा पोखेका थिए ।

उनीहरुले केन्द्र सरकार र स्थानीय तहले पीडा दिइ नै रहेको छ, तर प्रदेश सरकार समेत आफ्नो समस्याप्रति उदासीन रहेको बताउंदै शैक्षिक सुधारका लागि प्रदेश सरकारले पनि शिक्षामा लगानी गर्नुपर्ने भने ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य रामसरोज यादवले शिक्षा बारे नेपाल सरकारको निती नै गलत रहेको र प्रदेश सरकारलाई शैक्षिक अधिकार नदिइएको कारण वर्तमान समस्या उत्पन्न भएको बताएका थिए ।

उनले भने माध्यमिक शिक्षासम्म पाठ्यपुस्तकदेखि भौतिक पुर्वाधार र शिक्षकहरुको तलबसम्म स्थानीय तहलाई सम्पूर्ण अधिकार दिइएको छ, प्रदेश सरकारलाई कुनै अधिकार नै नदिइएको कारण काम गर्न समस्या भएको हो । अधिकार नभएपनि प्रदेश सरकारले गर्न सक्ने विद्यालयको भौतिक पुर्वाधारमा लगानी गर्न नसकेको आरोप लगाउंदै सम्पूर्ण बजेट मन्दिर, मस्जिद, सडक र पोखरी सौन्दर्यकरणमै राख्ने कार्य गलत रहेको बताए ।

एनसीई धनुषाका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षाको वर्तमान अवस्था बारे पत्रकार श्यामसुन्दर शशीले कार्यपत्र प्रस्तुत गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

यातायात कार्यालय जनकपुरमा अख्तियारकाे छापा, लाखाै रूपैया बरामद
Blast News

यातायात कार्यालय जनकपुरमा अख्तियारकाे छापा, लाखाै रूपैया बरामद

माघ १३, २०७७, १०:३४ PM
निर्वाचनको प्रक्रिया शुरु, माघ १५ गतेदेखि मतदाता अद्यावधिक
Blast News

निर्वाचनको प्रक्रिया शुरु, माघ १५ गतेदेखि मतदाता अद्यावधिक

माघ १३, २०७७, ६:५३ PM
ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन
Blast News

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

पुस २५, २०७७, ५:४७ PM
हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन
Blast News

हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

पुस २५, २०७७, ५:३९ PM
हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी
Blast News

हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

पुस २४, २०७७, ९:५८ PM
नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै
Blast News

नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

पुस २१, २०७७, १२:४९ PM

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा खबर

यातायात कार्यालय जनकपुरमा अख्तियारकाे छापा, लाखाै रूपैया बरामद

यातायात कार्यालय जनकपुरमा अख्तियारकाे छापा, लाखाै रूपैया बरामद

29 mins ago
निर्वाचनको प्रक्रिया शुरु, माघ १५ गतेदेखि मतदाता अद्यावधिक

निर्वाचनको प्रक्रिया शुरु, माघ १५ गतेदेखि मतदाता अद्यावधिक

4 hours ago
ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

2 weeks ago
हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

2 weeks ago
हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

3 weeks ago
नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

3 weeks ago

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 lokpukarnews75@gmail.com

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७७  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || सुरेन्द्र सिंह

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव