जनकपुरधाम, पुस ५ गते । प्रतिपक्षी दलले महाअभियोग लगाउन तयारी गरिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद नै विघटन गराएका छन ।
मन्त्रिपरिषदको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको संसद विघटनको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाई सदर गरेकी हुन ।
संसद विघटन संगै प्रधानमन्त्री ओलीको प्रस्ताव अनुसार राष्ट्रपति भण्डारीले आम निर्वाचनको मिति समेत तोकेकी छिन ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनमा मिति तोकेका छन । प्रधानमन्त्री तथा राष्ट्रपतिको डेढ घण्टा छलफल पश्चात संसद विघटन सहित निर्वाचनको मिति तोकिएको हो ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् । उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी छन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधान विपरित रहेको हल्ला गरेपनि केही गर्न सकेन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !