जनकपुरधाम, मंसिर २६ गते । नेपाल पत्रकार महासंघ धनुषालाई हंसपुर नगरपालिकाले समाचार समाचार संकलन सम्पादन पत्रकारलाई सहजताको लागि सञ्चार सामाग्री सहयोग गरेको छ ।
शुक्रवार नगरपालिकाको बघचौडा स्थित कार्यालयमा एक कार्यक्रम आयोजना गरी हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलाई चार लाख रुपैया बराबरको सो संचार सामाग्री हस्तान्तरण गरेका छन ।
महासंघलाई कम्प्यूटर ३ थान, ल्यापटप, क्यामेरा, प्रोजेक्टर एक÷एक थान र इन्वर्टर सेट एकथान नगरपालिकाले सहयोग गरेको कुरा महासंघका कोषाध्यक्ष अवधेश कामतले जनाएका छन ।
देशको लोकतान्त्रिक परिवर्तन ल्याउन जनआन्दोलन सहित मधेश आन्दोलनमा देशकै चौथो अंग पत्रकारलाई समाचार सम्प्रेषणमा सहयोग पुरयाउन संचार सामाग्री सहयोग गरिएको कुरा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मण्डलले भने ।
उनले देशमा संघीयता ल्याउनमा मात्र नभई हरेक कुरामा आमजनतालाई जागरुक र समाचारको माध्यमले पारदर्शितामा पत्रकारको अहम भूमिका रहेको कारणले समुदायले प्रत्यक्ष लाभ लिइरहेको र यसलाई निष्पक्ष रुपमा निरन्तरता दिनुपर्ने बताए ।
साथै मेयर मण्डलले समुदायलाई प्रत्यक्ष रुपमा लाभ पुरयाउने पत्रकार सहितका अन्य संघ संस्थालाई समेत उनको कार्यक्षेत्रमा सहयोग पुरयाउने सामाग्रीहरु उपलब्ध गराउने उनले प्रतिबद्धता समेत जनाए ।
सो संचार सामाग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाका उपमेयर रेणु झा, महासंघका अध्यक्ष अनिल मिश्र, कोषाध्यक्ष अवधेश कामत, निमित प्रमुख प्रशासकिय अधिकृत उमेश कुमार यादव, वडा नम्बर ३ का अध्यक्ष उदय सिंह सहितकाले धन्यवाद ज्ञापन गरेका थिए ।
सो कार्यक्रममा नगरपालिकाका कर्मचारी, कार्यपालिका सदस्य सहित विभिन्न वडाका अध्यक्ष, सञ्चारकर्मीहरु सुभाष कर्ण, जयन्त ठाकुर, गोविन्द महतो, राजा झा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !