जनकपुरधाम, मंसिर १० गते । “राजा आउ देश बचाउ” को नारा सहित जनकपुरधाममा विशाल मोटरसाइकल जुलुस प्रदर्शन गरिएको छ ।
बुधवार नेपाल राष्ट्रवादी समुह धनुषाको आयोजनामा हिन्दू राष्ट्र कायम गर, २०४७ सालको संविधान पुनर्वहाली गर र राजा आउ देश बचाउको नारा सहित एक हजारभन्दा बढीको संख्यामा मोटरसाइकल जुलुस प्रदर्शन गरिएको छ ।
नेपाल राष्ट्रवादी समूह धनुषाका कारी यादवको नेतृत्वमा निस्केका सो ¥याली राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने लगायतका नाराहरु समेत लगाएका छन ।
जनकपुरधामको रेल्वे स्टेशनबाट नेपालको राष्ट्रिय झण्डा, पुर्व राजा ज्ञानेन्द्र शाह सहितको फोटो झुण्डयाएर निस्केको सो रयाली भानु चौक, विद्यापति चोक र रामानान्द चोक हुँदै नगरको भागको परिक्रमा गर्दै राम चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै कारी यादवले हिन्दु धर्म नष्ट पार्न षडयन्त्र तहत देशलाई धर्मनिरपेक्ष बनाइएदेखि हत्या हिंसा, भ्रष्टाचार र बलात्कार जस्ता दिनदिनै बढदै गएकोले हिन्दु राष्ट्र कायम गर्न आवश्यक रहेको बताए ।
कोणसभामा बोल्दै अन्य सहभागीहरुले आफ्नो संस्कृति, आफ्नो धर्म र संस्कार बचाउन वर्तमान संविधान खारिज गरी पुर्व राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा देशलाई पुनः हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले देशमा बढदै गइरहेको भ्रष्टाचार, हत्या, बलात्कार, महिला हिंसा लगायतका अपराधिक घटना नियन्त्रण गर्न राजनीतिकर्मीहरु असफल भएको भन्दै राजा बाहेक अर्को विकल्प नरहेको भने ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !