जनकपुरधाम, मंसिर ४ गते । जबरजस्तीकरणी गरी त्यसको अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाका कल्याणपुर नगरपालिका वडा नं. ४ का २० वर्षीय युवक अजय महरालाई बिहीवार सो आरोपमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख सन्तुकुमार जैसवारले जानकारी दिएका छन ।
उनका अनुसार सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाकी २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ घटनामा संलग्न महरा पक्राउ परिसकेको छ भने अन्य आरोपित स्थानीय २३ वर्षिय जीतनराम फरार रहेको छ ।
बितेको मंसिर २ गते राति ती महिलालाई आरोपित दुवैले जबरदस्तीकरणी गरी भिडियो बनाएर पछि सो अश्लिल भिडियो देखाई व्ल्याकमेल गर्दै महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको खबर प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !