जनकपुरधाम, मंसिर ३ गते । सिरहा प्रहरीले बील शंकास्पद देखिएपछि लाखौ रुपैया बराबरको मालसामान बरामद गरेको छ ।
बुधवार सिरहाको कर्जनहा ३ बन्दीपुर स्थित चेकप्वाईन्टमा प्रहरीले चेकजाँचको क्रममा बिलमा शंका लागेपछि १७ लाख २६ हजार रुपैयाको लता कपडा सहितका मालसामान पिकअप भ्यान समेत नियन्त्रण लिएको हो ।
नियन्त्रणमा लिइएका कपडा सहित पिकअप भ्यान आवश्यक अनुसन्धानको लागि बुधवार नै राजश्व अनुसन्धान विभाग पथलैया पठाइएको सिरहाका प्रहरी नायब उपरिक्षक शालिग्राम शर्माले बताएका छन ।
उनले भने पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आइरहेको पिकअप भ्यानलाई चेकजाँच गर्दा स्वस्तिका टे्डर्स एण्ड सप्लायर्स बिराटनगर–१४ को नाममा रहेको अनलाईन बिलपुर्जी शंकास्पद रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।
पिकअप भ्यानमा सुति साडी, कढाई साडी, वायल लगायत ३५ वटा पोका सहितको लता कपडा भ्यान समेत आवश्यक अनुसन्धानको राजश्व कार्यालय पठाइएको उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !