जनकपुरधाम, मंसिर १ गते । नीतीश कुमार बिहारको ३७ औं मुख्यमन्त्रीको रुपमा चुनिएका छन । उनी लगातार ७ औं पटक मुख्यमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका हुन ।
सोमवार राजभवनमा राज्यपाल फागू चौहानले उनलाई शपथ ग्रहण गराएका छन । एनडीए गठबन्धनको सरकारमा नीतिश संगै बिजेपी कोटाबाट दुई उप मुख्यमन्त्री सहित १४ मन्त्रीले मन्त्री पदका शपथ ग्रहण गरेका छन ।
राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को आइतबार बसेको बैठकले नीतीश कुमारलाई नै विधान परिषदको सदस्यको नाताले विधायक दलको नेताको रुपमा चयन गरेका थिए ।
नीतीशका साथै विधायक तारकिशोर प्रसाद र रेणु देवीले उपमुख्यमन्त्रीको सपथ लिएका छन् । उनको सपथसँगै क्याबिनेटमा १४ जनालाई मन्त्री बनाइएको छ । अन्य मन्त्री पदमा बिजेपीको कोटा ७, जेडीयूबाट ५, हाम र भीआईबाट १÷१ जना मन्त्री पदका शपथ ग्रहण गरेका छन ।
जेडीयूबाट कार्यकारी अध्यक्ष अशोक चौधरी, विधायकहरु विजेन्द्र चौधरी, विजय चौधरी, मेवालाल चौधरी र शिला मण्डल मन्त्री बनेका छन भने हामबाट जितनराम माझीको छोरा सन्तोष सुमन र भीआईपीको कोटाबाट मुकेश सहनी मन्त्री चुनिएका छन ।
त्यस्तै बिजेपी कोटाबाट मंगल पाण्डे, अमरेन्द्र प्रताप सिंह, जिवेश मिश्रा, रामसुरत राय, रामप्रीत पासवान सहित दुई उपमुख्यमन्त्री चयन भएको हो । बिजेपीबाट मन्त्रि चुनिएका जिवेश मिश्रा र रामप्रीत पासवान मैथिली भाषामा शपथ लिएका छन ।
नीतीशले यसअघि ६ पटक मुख्यमन्त्री बनिसकेका छन । उनी पहिलो पटक वर्ष २००० मा ७ दिनका लागि मुख्यमन्त्री बनेका थिए । बहुमत नपुग्दा इस्तिफा उनलाई परेको थियो ।
त्यसपछि लालू यादवको १५ वर्षे शासन तोडदै २४ नोवेम्बर २००५, २६ नोवेम्बर २०१०, २२ फरवरी २०१५, २० नोवेम्बर २०१५ र २७ जुलाई २०१७ मुख्यमन्त्री पदमा आसिन हुँदै पुनः १६ नोवेम्बर २०२० मुख्यमन्त्री बनेका हुन ।
यसैबीच सपथग्रहण समारोहमा राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादव सहभागी नभएको समाचारमा जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !