जनकपुरधाम, कात्तिक २८ गते । शसस्त्र प्रहरीले सिरहाको गोलबजारबाट जाली नोट छाप्ने मेशिन र जाली नोट सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा नं.१२ बस्ने बर्ष २५ का धिरज यादब, संजय राय र कल्याणपुर नगरपालिका वडा नं.७ बस्ने बर्ष २४ का विम्लेन्द्र कुमार नायक रहेको छ ।
गोलबजार वडा नं.६ स्थित विरेन्द्र महतोको घरमा मा रहेको सशस्त्र प्रहरी सुरक्षा वेश क्याम्पले विगत केही दिन देखि शंकास्पद गतिविधि बढन् थालेको गोप्य सूचनाको आधारमा घरमा बिहीवार राति छापामारी गर्दा नक्कली नोट छाप्ने मेशिन सहित ६ लाख ८४ हजार जाली नोट बरामद गरेको छ ।

मेशिन र जाली नोट सहित एक/एक थान ल्यापटप र मोटर साईकल समेत घटनास्थलबाट प्रहरीले बरामद गरेको कुरा सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास प्रबन्ध शाखाले जनाएको छ ।
लागूऔषध कारोबारी हुन सक्ने आशंकाका साथ वेश क्यापका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रोशन थापा छापामारी गर्दा सो स्थानबाट एक हजार दरका १ सय ४ तयारी जाली नोट र ५ सय ८० जाली नोट ए फोर साईजको कागजमा छपाई गरी कटिङ्गका लागि तयारी हालतमा राखिएको अवस्थामा बरामद गरेको हो ।

बरामद जाली नोट, नोट छाप्ने मेशिन र उक्त कार्यमा संलग्न तीन जनालाई कानूनी प्रक्रिया पुरा गर्न र थप अनुसन्धानका लागि घटना स्थलमै नजिकै रहेको ईलाका प्रहरी कार्यालयबाट नेपाल प्रहरीको टोली बुझाइ सकिएको शससत्र प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !