जनकपुरधाम, कात्तिक २४ गते । नेपाल स्काउटलाई स्वयंसेवी संस्थालाई दलिय भागवण्डाको आधारमा राजनितिकरण गरिएको नेपाल स्काउट प्रगतिशील केन्द्रीय संघर्ष समितिले ले आरोप लगाएको छ ।
अनुशासित तथा गैरराजनीतिक संस्था रहेको नेपाल स्काउटमा निहित स्वार्थका लागि राजनीतिक नियुक्ति लगायतका कार्य गरिएको भन्ने कुरा समितिले एक प्रेस विज्ञप्ति जारी गरी आरोप लगाएको हो ।
निहित स्वार्थ पूर्तिकालागि तदर्थ समिति अन्तर्गत रहेका पदाधिकारीहरुले संस्थालाई राजनिति करण गर्न खोजेको साथै माफियाको कब्जामा रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पछिल्लो समयमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउटको प्रादेशिक कमिटी बनाउदा नेपाल स्काउटको नियम र विधान तथा यसका बारे अनविज्ञ रहेका राजनितिक दलका नेताहरुलाई नियुक्त गरेकोले स्काउटमा योगदान गरिरहेको व्यक्तिहरु तथा वास्तविक स्काउटरमा ठेस् पुगेको विज्ञप्तिमा भनिएको छ ।
नेपाल स्काउट प्रगतिशील केन्द्रीय संघर्ष समितिका संयोजक पुण्यराम गोथेले प्रेस विज्ञप्तिमा संस्थामा राजनितिक नियुक्ति गरि संस्थालाई दलियकरण गर्ने तथा स्काउटको मुल्य मान्यतालाई लत्याउने काम भइरहेको आरोप समेत लगाएका छन ।
प्रेस विज्ञप्तिमा उल्लेख गर्दै गोथेले स्काउटमा व्यापक आर्थिक छलकपट तथा नितिगत भष्ट्रचार बढेको छ । साथै स्काउटको नियम मुल्य मान्यता अनुरुप सच्चा स्काउटले कुनै पनि राजनीतिक संस्थामा सदस्यता लिन नमिल्ने व्यवस्था छ ।
राजनीतिक सदस्यता लिने इच्छुकले स्काउट त्याग्न पर्ने हुन्छ तर प्रादेशिक कमिटीमा भने पार्टीको सदस्यता रहेको निर्वाचन लडेका नेता तथा कार्यकर्तालाई नियुक्त गरिएको छ जुन कुरा कुनै पनि हालतमा सच्चा स्काउटलाई मान्य नहुने भनेका छन ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !