गौर, कात्तिक २० गते । हत्या आरोपमा रौतहट अदालतले ३ जनालाई जेल चालान गरेको छ ।
जिल्ला अदालत रौतहटले बिहीवार गत असोज १६ गते किशोरीको बलात्कारपछि हत्या गरिएको एक जना र भदौ ३ गते पुजारीको हत्यामा संलग्न रहेको आरोपमा २ जनालाई पुर्पक्षका लागि जेल चालान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार किशोरीको बलात्कार पछि हत्या गरेका आरोपित वृन्दावन नगरपालिका ४ पलटुवा निवासी ४५ वर्षीय चुनु साह तेली र पुजारी हत्याको आरोपमा देवाही गोनाही १ करुनिया का रामनरेश पटेल र जयनारायण राउत पटेललाई जेल चालान गरिएको हो ।
गढीमाई नगरपालिका १ की १४ वर्षिय किशोरीको वृन्दावन नगरपालिका ४ स्थित आफ्नो बाजेको घरमा बस्दै आएको बेला गत असोज १६ गते शव फेला परेको थियो ।
पक्राउ परेका तेलिले उनको बलात्कार गरि घटना लुकाउन हत्या गरेको अनुसन्धानमा खुल्न आएको रौतहटका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भारत श्रेष्ठले बताएका छन ।
त्यसैगरी, रौतहटकै माधवनारायण नगरपालिका २ खैस्रैया चोकस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको गत भदौ ३ गते सामान्य विवादका कारण कन्चटमा गोली हानी हत्या गरिएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !