राजविराज, कात्तिक १७ गते । सप्तरीमा कारले सिटी रिक्सालाई ठक्कर हान्दा २ को मृत्यु भएको छ भने ५ जना घाइते भएका छन ।
आइतबार राति पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका २ बरमझियामा पूर्वबाट पश्चिमतर्फ आइरहेको बा.२१ च ६३९ नम्बरको कारले पश्चिमतर्फबाट पूर्वतर्फ गइरहेको को २ ह ३४९८ नम्बरको सिटि रिक्सा ठक्कार हान्दा ७ जना घाइते भएका थिए ।
घाइते मध्ये गम्भीर घाइते भएका हनुमानगर कंकालिनी नगरपालिका २ का ७० बर्षिय द्वारिकाला दास र सोही नगरपालिका वडा नं. १ का ७० बर्षिय बद्री मुखियाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुबै जनाको कोशी अञ्चल अस्पतालमा उपचार क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन । कंचनपुरबाट श्राद्ध भोज खाएर फर्किरहेको कारण साधु सन्त चढेको रिक्सामा कारले ठक्कर दिएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !