जनकपुरधाम, कात्तिक १७ गते । धनुषाको शहीदनगर नगरपालिकामा एक वृद्ध दम्पतिको ५ मिनेटको अन्तरालमा मृत्यु भएको छ ।
शहीदनगरको वडा नम्बर १ कुम्भकर्ण टोलमा पतिको मृत्यु भएको पाँच मिनेटपछि नै पत्नीको पनि मृत्यु भएको छ ।
प्राप्त जानकारी अनुसार ९१ वर्षीय रामखेलावन यादवको सोमबार बिहान ७ः४५ बजे मृत्यु भएपछि ७ः५० बजे उनकी श्रीमती ८८ वर्षीया सुमिन्त्रादेवी यादवको मृत्यु भएको हो ।
स्थानीय नरेश यादवका अनुुसार बिहान उठेर नित्य कर्म गरी संगै रामखेलान पत्नीसंगै चिया खाएपछि त्यसको केही क्षिणमै उनको छाती दुखेको थियो । छोरा उपेन्द्र यादव पसलबाट औषधि लिएर आउने बितिकै ७ बजेर ४५ मिनेटमा रामखेलानको मृत्यु भयो ।
उनको मृत्यु भए लगतै ५ मिनेटपछि नै श्रीमति सुमिन्त्राको पनि मृत्यु हुन गएको गर्दै बताए । मृतक दम्पति दुवैको एउटै चितामा अन्त्येष्टि सोमवार दिउंसो नै गरिएको उनले जनाए ।
यो अनौठो घटनाले पुरै गाउँ नै आश्चर्यचकित भएको छ । मृतक दम्पति रामखेलावन र सुमिन्त्रा देवीको परिवारमा एक छोरा र चार छोरी रहेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !