जनकपुधाम, कात्तिक १६ गते । बालिका बलात्कार आरोपमा धनुषा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका ७ मा एक ९ वर्षीया बोल्न नसक्ने (लाटी) बालिकालाई बलात्कार गरेको आरोपमा ठाउँमा वडामा डेरा गरी बस्दै आएका भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा भारतको सीतामढी थाना बथनाहा ग्रामपञ्चायत भुतही–५ हरीबेला घर भएका ५१ वर्षीय वीरेन्द्र साह रहेका छन ।
ती बालिकालाई चकलेट, विस्कुटको लोभ देखाएर ललाई फकाई आफ्नो कोठामा लगेर साहले बलात्कार गरेको थियो । आमाले छोरीलाई खोज्दै जाँदा साहको कोठाबाट रुदैं कराउंदै निस्केको देखेर हल्ला खल्ला हुँदा स्थानीयले साहलाई नियन्त्रण लिएको थियो ।
एउटै घरको माथिल्लो तल्लामा बालिकाको परिवार र तल्लो तल्लामा साह भाडा लिई बस्दै आएको थियो । घटना पश्चात स्थानीयले प्रहरीलाई खबर जिरोमाइलबाट खटिएको प्रहरी टोलीले उनलाई शनिवार दिउंसो पक्राउ गरेको थियो ।
प्रहरी नियन्त्रणमा रहेका साह विरुद्ध आइतवार अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !