जनकपुरधाम, कात्तिक १५ गते । राष्ट्रवादी नागरिक समाजले राजतन्त्रको मांग गर्दै प्रदेश २ मा अस्थायी राजधानी जनकपुरधामबाट पनि राजतन्त्र फर्काउन महाअभियानको शुरुवात गरेको छ ।
राजधानी काठमाडौँबाट शुरु भएको महाअभियान शनिवार जनक चौकबाट रैली प्रदर्शन सहित नगर सभाको आयोजना गर्दै सो महाअभियानको शुरुवात गरेको हो ।
जनक चौकबाट निकालेको रैली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चौकमा पुगी कोण सभामा परिणत भएको थियो । नेपालको राष्ट्रिय झण्डा बोकेर रैलीमा सहभागीहरुले संघीय लोकतन्त्र खारेज गर, राजतन्त्रलाई पुर्नस्थापन गर, भ्रष्टाचार, महगाई र बलात्कार लगायतका घटना अन्त्य गर सहितका नारा लगाएका लगाए ।
नगर सभालाई सम्बोधन गर्दै राष्ट्रवादी नागरिक समाजको महाअभियानका संयोजक चन्द्र बहादुरले देशमा भ्रष्टाचार मौलाई रहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु दिन दिनै बढदै गएकोले मुलुकमा शान्ति र समृद्धिका लागि राजा बाहेक अर्को विकल्प नरहेको बताए ।
उनले भने संघीय लोकतन्त्र गणतन्त्रको नाममा दलहरु देशलाई बचाउन सक्ने स्थिति नदेखेरै आफूहरुलाई देशमा राजतन्त्रको खाँचो महशुस भएकोले राजतन्त्र फर्काउने अभियानमा लागेको हुँ ।
त्यस्तै उपसंयोजक लक्ष्मी मल्लले देशमा राजतन्त्रको पुनर्वहाली नभएसम्म देशभरी यो महाअभियान जारी राख्ने बताईन ।
२०४८ पछि देश कागं्रेसमय भयो र राजतन्त्र फर्किदैन भन्थ्यो तर राजतन्त्र फर्कियो । २०४८ भन्दा पनि अझ जर्जर अवस्थामा मुलुक पुगेकाले जनताको मांग अनुसार समावेशी राज्यसत्ता सहितको शासनले नै देशमा समृद्धि ल्याउन सक्नेछ, त्यसको एकमात्र विकल्प राजतन्त्र रहेको उनले दाबी गरिन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !