जनकपुरधाम, कात्तिक १२ गते । धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीहरुको मांगलाई बेवास्ता गर्दै लगाएको ताला प्रहरीले तोडेको छ ।
गत एक महिनादेखि बक्यौता तलब संचय कोष रकमको मांग गर्दै आएका आन्दोलनरत कर्मचारीहरुको मांगलाई बेवास्ता गर्दै प्रहरीले आफैले गराएको सम्झौता कार्यान्वयन गराउनुका सट्टा कलेज व्यवस्थापकको मिलोमतोमा कर्मचारीले लगाएको ताला फुटाएको हो ।
पटक पटक विवादित बन्दै आएका जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचरीहरुले गत ८ महिनादेखि बांकी रहेको तलब र ६ वर्षको संचय रकम मांग गर्दै ओपीडी सेवा र प्रशासनिक सेवा बन्द गरी असोज १२ गतेदेखि कलेज परिसरमै धर्ना दिदैं आएको छ । तर कलेज व्यवस्थापक त्यसलाई बेवास्ता गर्दै दादागिरी शैलीमा मांग पुरा गर्नुको सट्टा पिडीत कर्मचारीहरुलाई निलम्बन र स्पष्टीकरण लगायतका प्रक्रिया अघि बढाएको छ ।
गत भदौ ३० महिनामा कलेज व्यवस्थापक र आन्दोलनरत उमेश यादवबीच असोज ४ गतेसम्म लेखापाल राखि बक्यौता रकम बारे खर्च हिसाब सार्वजनिक गर्ने र असोज ३० सम्म दशैं खर्च, संचय कोष र तलब लगायतका सम्पूर्ण रकम भुक्तानी गर्ने जिल्ला प्रहरी कार्यालय धनुषामा प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रको रोहबरमा सम्झौता भएको थियो ।
कर्मचारीहरुले यसअघि भदौ २६ गतेदेखि लगाएको तालाबन्दी भदौ ३१ गते नै खोल्ने सहमति समेत भएको थियो । कर्मचारीहरुले सहमति अनुसार तालाबन्दी खोलि दिएपनि कलेज व्यवस्थापकले सम्झौता अनुसार बक्यौता खर्च हिसाब सार्वजनिक नगर्दा उमेश यादवको संयोजकत्वमा कर्मचारीका तर्फबाट कर्मचारी हकहित संरक्षण एक समिति गठन गरी गत असोज १२ गतेदेखि धर्नामा बस्दै आएका छन ।
तर बक्यौता रकम तिर्नुको सट्टा कलेज व्यवस्थापकले धर्नामा बसेका ४० जना कर्मचारी मध्ये ५ जनालाई निलम्बनको पत्र थमाएका छन केहीलाई स्पष्टीकरण सोधेको छ । कलेजको यस्तो दादागिरी शैलीप्रति आक्रोश व्यक्त गर्दै आन्दोलनरत कर्मचारीहरुले आमरण अनसनमा बस्ने सहितका कार्यक्रम अघि सारेका छन ।
दशैं अवधिभरिमा कलेज व्यवस्थापकले दादागिरी शैलीमा आन्दोलनरत कर्मचारी मध्ये कुलदिप साह, जयकुमार यादव, राजनारायण यादव र अञ्जु पटेल लगायतका कर्मचारीलाई समेत कारवाही स्वरुप निलम्बन गरेको गरेको कुरा संयोजक यादवले बताएका छन ।
लोकपुकारसँग कुरा गर्दै संयोजक यादवले भने हामी गत २०७५ सालदेखि नै कर्मचारीहरुको बक्यौता रकमको हरहिसाब सार्वजनिक गरी भुक्तानीको मांग गर्दै आन्दोलनरत छौं पटक पटक सम्झौता हुन्छ तर कार्यान्वयन हुदैन । कलेज व्यवस्थापकले पटक सहमति कार्यान्वयन नगरेपछि बाध्य भई पुनः आन्दोलन गरेका हौं ।
आन्दोलनरत कर्मचारीले लगाएको ताला प्रहरीले फुटाएको बारे संयोजक यादवले भने प्रहरी पनि सहमति कार्यान्वयन गराउनुको सट्टा द्ववैध चरित्र प्रस्तुत गरेको छ । एक महिनाअघि हरहिसाब सार्वजनिक गर्ने र भुक्तानी गर्ने सम्झौता गराएको प्रहरीले आफै साक्षी भएका सम्झौता विपरित आपसी मिलोमतो त्यसलाई कार्यान्वयन गराउनुको सट्टा पीडकलाई सहयोग गरिरहेको छ ।
संयोजक यादवले आफूहरुले मांग पुरा गराउन कात्तिक १६ गतेदेखि आकस्मिक सेवा समेत बन्द गरेर आमरण अनसनमा बस्ने चेतावनी दिएका छन । उनले भने हाम्रो माग पुरा नहुञ्जेलसम्म आन्दोलनलाई जारी राख्ने छौं ।
कर्मचारीहरुको ६ वर्षको दशैँ पेश्की, ८ महिनाको तलब, ६ वर्षदेखिको संचय कोष लगायतका रकम बाँकी रहेका छन । यी मध्ये कति कर्मचारीहरुका आ.ब. ०७४/०७५ समेत गरी १५/१६ महिनाको तलब बांकी रहेको छ ।
यता कर्मचारीहरुको आन्दोलन बारे कलेजका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत दयानन्द झाले कर्मचारीहरुको बक्यौता रकम दिने सहमति भइसकेको अवस्थामा कारवाहीमा परेका कर्मचारीहरु आन्दोलनमा रहेको प्रतिक्रिया दिदैं आफ्नो भाडा टालेका छन ।
कर्मचारी र कलेजबीच भएको सहमति पत्र



















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !