लहान, कात्तिक ११ गते । सिरहाको नरहा गाउँपालिकामा दाजु भाई सहित दुई जनाको शव एक पोखरीमा फेला परेको छ ।
सोमवार साँझ नरहा गाउँपालिका ३ खोरिया टोलका गुलजार शेखका १० वर्षीय छोरा अनजार र ८ वर्षीय छोरा एहसानको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
प्रहरीका अनुसार सोमवार दिउंसो करीब अढाई बजेदेखि बेपता रहेको ती दुवै दाजुभाईको शव खोजतलाश गर्दै जाँदा घरदेखि करिव ७÷८ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैका डिएसी सन्तुलाल जयसवालले के कति कारणले मृत्यु भएको वा कसैले हत्या गरेको फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !