राजविराज, कात्तिक १० गते । मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।
सोमवार दिउंसो जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई दिएको ठक्करले साइकल चालक मोरङ उर्लाबारी नगरपालिका निवासी ५५ बर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका ७ निवासी मुकेश सिंहको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरमा र मोटरसाइकल चालक सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी नगरपालिका ७ का २५ बर्षीय अनिलकुमार यादव घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !