जनकपुरधाम, कात्तिक १० गते । कोरोना भाइरसको संक्रमणबाट सोमवार नेपालमा थप ७ जनाको मृत्यु संगै प्रदेश २ मा मृतकको संख्या १ सय ६५ पुगेको छ ।
सोमवार मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २ जना छन् । गण्डकी प्रदेशमा मृत्यु हुनेमा कास्कीका २, नवलपुरका २ र तनहुँका १ जना रहेका छन् ।
गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार मृत्यु हुनेमा पोखरा–५ का ५५ वर्षीय पुरुष, पोखरा–१५ की ७८ वर्षीया महिला, नवलपरासी गैंडाकोट नगरपालिका–५ का ७३ वर्षीय पुरुष र नवलपरासी कावासोती २ का ७७ वर्षीय पुरुष रहेका छन् भने तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी ५० वर्षीय पुरुषको निधन भएको हो ।
त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुईजना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका ६३ वर्षीय पुरुष तथा सुनसरीकी ८३ वर्षीया महिला रहेकी छन् । शनिश्चरे–३ मोरङका पुरुष गत कातिक १ गते संक्रमण पुष्टि भइ ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।
यता स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजय झाले जनाए अनुसार सोमवार बिहानसम्म कोरोना भाइरस संक्रमणको कारण प्रदेशको ८ वटै जिल्लामा १ सय ३५ पुरुष र ३० जना महिला गरी कूल मृतकहरुको संख्या १ सय ६५ पुगेको हो ।
उनका अनुसार सप्तरीमा २४, सिरहामा १६, धनुषामा १९, महोत्तरीमा १७, सर्लाहीमा १३, बारामा ९, पर्सामा ४८, रौतहटमा १८ जना सहित एक भारतीय नागरिकको मृत्यु भइसकेको छ । अधिकांश संक्रिमतको मृत्यु उपचारार्थ अवस्थामा अस्पतालमा भएको हो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ५३ पुगेको छ ।
त्यस्तै प्रदेशमा संक्रमितहरुको संख्या १५ हजार ३ सय ८१ पुगिसकेको छ । सबभन्दा बढी संक्रमितको संख्या प्रदेशका पर्सा जिल्लामा २ हजार ८ सय ९१ जना रहेको छ ।
झाका अनुसार हालसम्म सप्तरीमा एक हजार ५ सय ८२, सिरहामा एक हजार चार सय ५२, धनुषामा २ हजार २ सय ४, महोत्तरीमा १ हजार ६ सय ५०, सर्लाहीमा १ हजार ९ सय ६९, रौतहटमा २ हजार ६४ र बारामा १ हजार ५ सय १४ जना संक्रमित भइसकेका छन ।
सोमवार बिहानसम्म उपचार पश्चात संक्रमणबाट निकोहरुको १३ हजार ३ सय ४४ रहेको छ भने हाल सक्रिय संत्रमितको संख्या १ हजार ८ सय ७२ रहेको छ । सक्रिय संक्रमित आइसोलेशनमा उपचाररत मध्ये दोब्बर संख्यामा होम आइसोलेशनमा रहेको झाले जनाएको छ ।
संक्रमित मध्ये ६ सय २६ जना प्रदेशका विभिन्न अस्पतालमा उपचाररत छन भने १ हजार २ सय ४६ जना होम आइसोलेशनमा रहेको जनाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !