Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आस्थाको आडमा जनकपुरका कमिटीहरुको गोरख धन्दा


आस्थाको आडमा जनकपुरका कमिटीहरुको गोरख धन्दा

जनकपुरधाम, कात्तिक ८ गते । समाज सेवा गर्ने उद्देश्यले खोलिएका जनकपुरधाम स्थित युवा क्लब कमिटीहरुले आस्थाको नाममा राजनीतिक र प्रशासनिक संरक्षणमा कमाईखाने गोरख धन्दा गर्दै आएको देखिएको छ ।

जनकपुरधाम स्थित चर्चित महावीर युवा कमिटी, श्रीराम युवा कमिटी र गणेश युवा कमिटीका लगायतका युवा क्लब तथा कमिटीहरुले मठ मन्दिर तथा शक्तिपीठहरुमा पूजा व्यवस्थापनको नाममा अर्थोपार्जन जस्ता कार्य गर्दै आएको छ ।

वर्षभरि कहिलेपनि कुनै समाजिक कार्य वा परिवर्तनमा कार्य नदेखिने महावीर र श्रीराम युवा कमिटी विजया दशमीको अवसरमा राजदेवी मन्दिर, बौद्धी माई र अमरखाना माई मन्दिरमा पूजा व्यवस्थापन गर्ने नाममा बोकाबली प्रदान शुल्क र बजारबाट चन्दा तथा मेला लगाउने लगाउने कार्यबाट आर्थिक उपार्जन गर्दै आएको आरोप लाग्दै आएको छ ।

त्यस्तै गणेश युवा कमिटीले गणेश पुजाको अवसरमा गणेश मन्दिरमा पूजा व्यवस्थापन गर्ने बहाना अवैधानिक रुपमा चिट्ठा र छठ पर्वको बेला घाट शुल्कबाट लाखौ रुपैया आम्दानीको बाटो खोलेका छन ।

राजनीतिक र प्रशासनिक संरक्षणमा यी कमिटीहरुले आम्दान हुने विभिन्न खालका कार्यक्रम आयोजना गर्दै आएको छ । कहिलेपनि समाजिक कार्यमा नदेखिने यी कमिटीहरु दलीय चुनावको बेला लठैतको रुपमा प्रयोग हुने गरेको विगतमा देखा परिसकेको छ । चुनावमा गरेको सहयोग वापत एमाले र कांग्रेस लगायतका स्थानीय नेताहरुले अवैध कार्यमा सहयोग गर्दै आएको कुरा आरोप लाग्दै आएको छ ।

कोरोना महामारी संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै यस वर्ष राजदेवी मन्दिर लगायतका शक्तिपीठहरुमा नेपाल सरकारको निर्देशन बमोजिम भीडभाड नगर्न÷गराउन बोकाबली प्रदान नगर्ने सर्वपक्षीय निर्णय गरिएको थियो । तर महावीर युवा कमिटी र श्रीराम युवा कमिटीले श्रद्धालु भक्तजनबाट दबाव आइरहेको भन्दै एक हप्ताको रस्साकस्सीपछि स्थानीय प्रशासनबाट बोकाबली प्रदान गर्ने निर्णय गराएको छ ।

बोकाबली प्रदान गराउने पछाडि मुख्य उद्देश्यले चाहि प्रति बोका दुई सय रुपैया शुल्क राखिएको छ । जसबाट लाखौं रुपैया आम्दानी गर्न सकिनेछ ।

यस्तो हो कमिटीको गोरख धन्दा

प्रत्येक वर्ष १३ हजारदेखि १५ हजारसम्म हुने बोकाबलीबाट युवा कमिटीहरुले पूजा व्यवस्थापनको नाममा आस्थाको आडमा दुई सयको दरले २० देखि ३० लाख रुपैयासम्म उठाउने गरेको छ । यसका साथै बजार र विभिन्न कार्यालयबाट समेत गरी ५ सयदेखि ५ हजारको दरले १० लाखभन्दा बढी चन्दा उठाउने गरेको छ ।

यी युवा कमिटीहरुको कुनै अन्य सामाजिक कार्यमा कहिले पनि संलग्नता देखिदैन तर आस्थाको आडमा वर्षमा एक पटक विजया दशमीको बेला राजदेवी मन्दिर, बौद्धी माई, अमरखाना मन्दिर र गणेश मन्दिरमा पूजा व्यवस्थापन गर्न मात्र एक पटक देखा पर्छन ।

जनकपुरका यी चर्चित कमिटीहरु गणेश पुजा र विजया दशमीमा लाखौ रुपैया कमाउनुका साथै कमिटीको भवनको नाममा गुठी संस्थानका कयौं कट्ठा जग्गा, गोपाल धर्मशालाको जग्गा र पोखरी समेतमा कब्जा जमाएका छन ।

प्रत्येक वर्ष विजया दशमीको बेलामा श्रीराम मन्दिर अगाडि र बौद्धी माई मन्दिरको परिसरमा मेला लगाउने कार्य समेत गर्दै आएको छ । स्थानीय प्रशासनको निर्देशनको बावजूद श्रीराम युवा कमिटीले यसवर्ष कोरोना जोखिमको बेवास्ता गर्दै मेला आयोजना गरेका छन । बोकबली प्रदान र मेलाबाट आउने कमाईबाट गुठी संस्थानलाई खटिएको कर्मचारीलाई पारिश्रमिक बाहेकको कुनैपनि रकम दिइदैन ।

वर्षेणी लाखौ रुपैया कमाउने कमिटीहरुले आम्दानीको श्रोत राजदेवी मन्दिरको सरसफाई वा संरक्षणमा कहिलेपनि ध्यान दिदैन तर विजया दशमीको बेला कपडाको पण्डालले करीब १० लाख रुपैयासम्म खर्चेर दुल्हिन झै सजाउने गर्छन । दशैं सके लगतै राजदेवी मन्दिर पुरानै अवस्थामा फर्किन्छ ।

आम्दानी श्रोत देखेकाहरु ती कमिटीका अध्यक्ष बन्न लाखौं रुपैया प्रत्येक निर्वाचनमा खर्च गर्ने गर्छन । एक अध्यक्षले तीन पटकसम्म राजदेवी मन्दिरमा पूजा व्यवस्थापनको नाममा कमाउने गर्छन तर खर्च कहिलेपनि सार्वजनिक गर्दैनन् । पटक पटक आवाज उठेपनि पूजामा खर्च भइसकेको भन्दै टाल्दै आएका छन ।

कमिटीका पदाधिकारीको आ आफ्नै दाबी

जनकपुरधाम स्थित यी युवा कमिटीको समाज सेवामा कुनै योगदान नभई पूजा व्यवस्थापनको नाममा कमाई खाने संस्था मात्र रहेको जिज्ञासामा महावीर युवा कमिटीको पुर्व अध्यक्ष मनोज साहले विगत केही वर्षदेखि समाजमा कुनै गतिविधि नदेखिएको स्वीकार गर्दै भने कमाई खाने होइन पूजा व्यवस्थापनमै सिमित भएको भन्ने सकिन्छ ।

उनले भने स्थापनाकालदेखि समाज परिवर्तनका लागि धेरै राम्रा राम्रा योगदान दिएका छन तर केही वर्ष यतादेखि पूजा व्यवस्थापनमा मात्र सिमित हुन गएको कुराले आफूहरु पनि दुखी छु ।
अर्का पुर्वअध्यक्ष सुनिल प्रसाद साहले भने विगतमा धेरै कार्य गरेको तर समय परिवर्तन संगै काम गर्ने गतिमा कमी आएको छ । तर कमाई खाने संस्था छ भन्न मिल्दैन ।

त्यस्तै श्रीराम युवा कमिटीका पुर्व अध्यक्ष शम्भु साह प्रेमीले भने अहिलेको परिस्थिति हेर्दा कमाई खाने संस्थाको भन्न सकिन्छ । एक दशक अघिसम्म हामीले समाजमा युवाको परिवर्तनका लागि विभिन्न तालिम गोष्ठी लगायतका कार्यक्रम गरेका छौं तर अहिले आएर त्यस्ता केही गतिविधि देखिएको छैन ।

श्रीराम युवा र महावीर युवा कमिटीले २०४६ सालदेखि राजदेवी मन्दिरमा बोकाबली प्रदान र पूजा व्यवस्थापनको निशुल्क गर्ने स्थानीय प्रशासन, गुठी संस्थान र नागरिक समाजको अगूवाबाट मौखिक रुपमा पाएको थियो । तर एकवर्ष पछि पूजा व्यवस्थापन र सरसजावट खर्च असुल्न २०४७ सालबाट ५ रुपैया शुल्क लिन शुरु गरयो ।

पांच रुपैयाबाट शुरु भएको बोकाबलीको शुल्क अहिले २ सय रुपैयामा पुगेको छ । करीब ३ वर्ष अघिसम्म गुठी संस्थानको सहयोग रसीदमा शुल्क उठाउने गरिन्थ्यो । तर अहिले आएर महावीर युवा कमिटी स्वयं पूजा व्यवस्थापन समितिको नाममा छापिएको रसिदमा शुल्क लिइरहेको छ ।

बोकाबलीबाट आउने शुल्कबाट मठ मन्दिर संरक्षणको जिम्मेवार निकाय गुठी संस्थानका प्रतिनिधिले हिस्सा माँग गर्दा विगतमा ती कमिटीका पदाधिकारीहरुले डर त्रास मात्र होइन दुव्र्यवहार समेत गरिसकेको कारण त्यसयता संस्थाका कुनैपनि प्रमुखले राजदेवी मन्दिरमा बोकाबली र मेलाबाट आउने आम्दानीको हरहिसाब खोज्दैनन ।

आस्थाको नाममा प्रशासन पनि निरिह

कोरोना संक्रमण महामारी जोखिमको मध्यनजर गर्दै भीडभाड नगर्न÷गराउन स्थानीय प्रशासनले निर्देशन गरेपनि अन्त्यमा आफ्नो निर्णयबाट किन पछाडि हट्यो भन्ने प्रसंगमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले भने त्यो निर्णय हाम्रो मात्र होइन सर्वपक्षीय थियो ।

उनले भने सबैको सहमतिमै बोकाबली प्रदान यसवर्ष नगर्ने निर्णय गरिएको थियो, पटक पटक सूचना पनि जारी गरियो तर ती कमिटीहरुले श्रद्धालुहरुको आस्थाबाट खेलवाड गर्न सकिदैन रोकियो भने धार्मिक सद्भाव बिग्रिन सक्ने दबाव दिन थालेपछि भीडभाड नगरी सिमित रुपमा मात्र भाकल गरिएकाहरुको मात्र गरिने भनिएको हो ।

सहायक प्रजिअ कोइरालाले भने राजदेवी सहितका विभिन्न शक्तिपीठहरुमा भीडभाड हुन नदिन स्थानीय प्रशासनबाट प्रयास गरिएपनि स्थानीय नागरिक स्वयं सचेत देखिएन । यस्तो अवस्थामा धार्मिक आस्थामा हामीले बल प्रयोग गर्न मिलेन ।

स्थानीय प्रशासनबाट बलिप्रदान गर्ने निर्देशन भइसकेको कुरा फैलिएपछि आज दिउंसोदेखि उल्लेखनीय संख्यामा बोकाबलीका लामबद्ध भएको छ । महावीर युवा कमिटीका स्वयंसेवकहरु लाईनमै गएर दुई सय रुपैयाको दरले शुल्क उठाइरहेका छन ।

पूजा व्यवस्थापनको नाममा कमिटीहरुले बोकाबलीबाट शुल्क लिने कार्यको सामाजिक संजाल सहित विभिन्न संचार माध्यममा निकै आलोचना भइरहेको छ ।

राजदेवी मन्दिरबाट बोकाबली कार्यक्रमबाट लाखौ रुपैया आम्दानी भइरहेको देखेर जनकपुरधाम स्थित करीब एक दर्जन शक्तिपीठहरुमा समेत बलिप्रदान कार्यलाई बढावा दिदै मनपरी शुल्क लिन केही वर्षदेखि शुरु गरिसकेका छन । वर्तमान समयमा जनकपुरधाम स्थित शक्तिपीठहरुमा बोकाबली प्रदान भाकल भन्दा बढी फैसन नै भइसकेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ मंसिर १४, आईतवार २१:५०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ मंसिर १४, आईतवार २१:५०
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ मंसिर १४, आईतवार २१:५०
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ मंसिर १४, आईतवार २१:५०
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ मंसिर १४, आईतवार २१:५०
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ मंसिर १४, आईतवार २१:५०

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव