जनकपुरधाम, कात्तिक ७ गते । नग्न अवस्थामा हत्या गरिएको एक महिलाको शव जनकपुरधाम उपमहानगरपालिका १३ पिडारी पछबारी टोलमा फेला परेको छ ।
जनकपुरधामबाट पिराडी हुँदै कुर्था जाने बाटोमा सडक छेउको हिलोमा अन्दाजी ३५÷४० वर्षकी एक महिलाको नग्न अवस्थामा हत्या गरिएको शव शुक्रवार दिउंसो फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरिक्षक मकेन्द्र कुमार मिश्रले हिलोमा गाडिएको अवस्थामा फेला परेको मृतक महिला नग्न अवस्थामा रहेको उनको घाँटीमा केही निलडाम रहेको लोकपुकारसँग कुरा गर्दै बताएका छनछ ।
शवको प्रकृति हेर्दा कसैले बलात्कार गरी हत्या गरेर फालेको हुन सक्ने जिज्ञासामा उनले भने हत्या त हत्या नै हो तर बलात्कार भएको हो होइन भन्ने कुरा पोष्टमार्टमबाट नै थाहा हुन्छ । उनले भने मृतक महिलाको पहिचान पनि अहिले खुलेको छैन, हामी घटनाको अनुसन्धान गर्दैछौं ।
स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्कालै घटनास्थलमा पुगी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएका थिए ।
घटनास्थल प्रत्यक्षदर्शीका अनुसार शवको प्रकृति हेर्दा बलात्कार गरेर हत्या गरी हिलोमा फालिएको हो । प्रहरीले बलात्कार भएको होइन भन्न सकिदैन तर शवको प्रकृति हेर्दा बलात्कार भएको हुन सक्ने सम्भावना रहेको प्रहरीको भनाई छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !