Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अन्धविश्वास : आस्थाको नाममा कोरोना जोखिम निम्त्याइंदै


अन्धविश्वास : आस्थाको नाममा कोरोना जोखिम निम्त्याइंदै

नरेन्द्र कर्ण/जनकपुरधाम, कात्तिक ७ गते । भगवानको मन्दिरमै गएर पूजाआजा गर्न सकिन्छ भन्ने अन्धविश्वासले जनकपुरधाका स्थानीयवासीले कोरोना भाइरस संक्रमणको जोखिमलाई निम्त्याउंदैछ ।

कुनैपनि धर्मग्रन्थमा भगवानको मन्दिरमै गएर पूजापाठ गरे फल प्राप्ति वा मनोकांक्षा पुरा हुने उल्लेख छैन । भगवानको पूजापाठ आस्थाको विषय हो, जुन जहाँबाट पनि गर्न सकिन्छ । भगवानले भक्तको भाव हेर्छन भावट होइन ।

तर कोरोना जस्ता महामारीको बेलामा पनि जनकपुरधाममा आस्थानको नाममा मन्दिरमै गएर पुजापाठ गर्ने अन्धविश्वासको फैसन बढेको छ ।

विजया दशमीको अवसरमा जनकपुरधाम स्थित राजदेवी मन्दिर सहित विभिन्न शक्तिपीठमा आयोजित पूजास्थलमा भाकल गरिएका भन्दा पनि मर्निंग, इभनिंग वाक र बजारमा घुमिघुमि किनमेल गर्नेहरु भगवानको दर्शन पूजापाठलाई फैसनकै रुपमा लिई जोखिमलाई निम्त्याउदै गरेको देखिएको छ ।

कोरोना भाइरस (कोभिड १९) महामारीको दृष्टिगत गर्दै दशैं अवधिभर शक्तिपीठ र पूजास्थलमा भीडभाड नगर्ने निर्देशनको बेवास्ता गर्दै प्रहरीको सुरक्षामै ठूलो भीड गरिदैछ ।

जनकपुरधाम स्थित आदिशक्ति स्वरुपा राजदेवी सहित विभिन्न शक्तिपीठहरुमा फुलपाती भित्रियाउने, खोंइच भर्ने र प्रसाद चढाउने कार्यमा प्रहरीकै सुरक्षामा कोरोनालाई चुनौती दिदैं दिनहुँ ठूलो भीडभाड गरिदैछ ।

यसैक्रममा शुक्रवार प्रहरीको सुरक्षामा फुलपाती भित्रियाउन निकालिएको नगर शोभा यात्रामा कोरोना जोखिमको बेवास्ता गर्दै आयोजक समितिबाट हजारौंको संख्या सहितको भीडलाई नगरभरी घुमाइएको छ । सो कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै महिलाहरुले भर्ने खोंइच कार्यक्रम र प्रसाद चढाउनका लागि मन्दिर परिसरदेखि बाहिर लाईनसम्म राजदेवी मन्दिरमा हजारौं व्यक्तिको भीड आज बिहानैदेखि देखिएको छ । मन्दिरमा पुजापाठ गर्ने, प्रसाद चढाउने र खोंइच भर्ने भन्दा बढी सेल्फी खिच्ने युवा युवतीहरुको भीड बढी देखिएको छ ।

लकडाउनले गर्दा भदौ महिनासम्म सुनसान देखिने बजार किनमेल गर्नेभन्दा बढी मन्दिरको सजावट र मान्छे मेला हेर्नहरुको घुइचो बढी रहेको देखिन्छ । कोरोना भाइरसबाट आफू र अरुलाई जोगाउने दायित्व कसको सरकार कि नागरिकको भन्ने प्रश्न खडा भएको छ ।

नेपाल सरकारको निर्देशन बमोजिम स्थानीय प्रशासनद्वारा दशैंको अवसरमा हुने राजदेवी मन्दिर सहितका विभिन्न शक्तिपीठ भीडभाड हुने खालका बोकाबली प्रदान, महाप्रसाद चढाउने र खोंइच भडाई लगायतका कार्यमा रोक लगाइएको थियो ।

तर श्रद्धालु भक्तजनले आस्थाको नाम दिदैं ती निर्देशनलाई अवज्ञा गर्दै राजदेवी मन्दिर सहितका शक्तिपीठहरुमा भीडभाड गर्दै आएका छन । स्थानीय प्रशासनले त्यसलाई रोक्नुको सट्टा शान्ति सुरक्षाको नाममा संरक्षण गर्दै आएका छन ।

राजदेवी मन्दिरमा पुजा व्यवस्थापक महावीर युवा कमिटीले स्थानीय प्रशासनको निर्देशनलाई लत्याउंदै मन्दिर परिसरमा प्रत्येक दिन राति ३÷४ सयौंको भीड जम्मा गरी नाचगान सहितको रंगारंग कार्यक्रम समेत आयोजना गर्दै आएका छन ।

आयोजक समिति महावीर युवा कमिटीद्वारा गरिने भक्ति संगीत कार्यक्रम, फुलपाती भित्रियाउने कार्य, खोइच भडाई र प्रसाद चढाउने कार्यमा हुने भीड बारे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले भने हामी भीडभाड हुन नदिने प्रयासमा छौं तर के गर्ने श्रद्धालुको आस्था अगाडि केही गर्न सकिन्न ।

उनले भने फुलपाती कार्यक्रम, खोंइच भडाई र प्रसाद वितरण कार्यमा हामी संरक्षण होइन सुरक्षा दिइरहेका छौं । श्रद्धालु भक्तजनको आस्थासँग जोडिएको विषय भएको कारण बल प्रयोग गर्न मिल्दैन ।

भीडभाड नगर्न/गराउन हामी विभिन्न सूचना मार्फत दशैं अगावै देखि नै आयोजक कमिटी र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्झाई रहेका छौं, तर के गर्ने दिनदिनै भीड बढदै गएको छ ।
कोरोना जोखिमको सम्भावना त छ तर गर्ने के त्यसलाई रोक्न बल नै प्रयोग गर्नुपर्छ, यदि हामीले बल प्रयोग गर्न खोज्यौ भने फेरी अर्कै रुप लिन्छ सम्भावित दुर्घटना पनि हुन सक्नेछ ।

राजदेवी मन्दिर सहित विभिन्न शक्तिपीठहरुमा दिनहुँ देखिने भीडले कोरोना भाइरसले यस क्षेत्रमा उग्ररुप लिने सम्भावना बढेको छ । यसलाई प्रहरी प्रशासनभन्दा पनि नागरिकको आफ्नै दायित्व प्रमुख रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ कार्तिक २४, सोमबार ०९:१०
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ कार्तिक २४, सोमबार ०९:१०
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ कार्तिक २४, सोमबार ०९:१०
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७७ कार्तिक २४, सोमबार ०९:१०
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७७ कार्तिक २४, सोमबार ०९:१०
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७७ कार्तिक २४, सोमबार ०९:१०

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव