Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोना प्रभाव : लागेन दशैं बजार, व्यापारीलाई करोडौको घाटा


कोरोना प्रभाव : लागेन दशैं बजार, व्यापारीलाई करोडौको घाटा

जनकपुरधाम, कात्तिक ५ गते । कोरोना भाइरस महामारीले गर्दा विजया दशमी प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामका व्यवसायीलाई छोएन ।

प्रत्येक वर्ष विजया दशमीको अवसरमा लाग्ने दशैं सस्तो बजारबाट व्यवसायीहरु करोडौको कारोबार गर्ने गर्थे । तर कोरोना भाइरस महामारीले मध्यनजर गर्दै जनकपुरधाममा सस्तो बजार लगाइएन ।

गोपाल धर्मशाला जहाँ विजया दशमी अवधि भित्र छिर्न र बाहिर निस्किन गाउँ गाउँबाट आएका उपभोक्ताहरुको भरिभराउले गर्दा हम्मे हम्मे पर्थे । अहिले सो गोपाल धर्मशाला सुनसान रहेको छ, भीड त के मान्छे हेर्नै मुश्किल छ ।

व्यवसायीहरु सस्तो बजारमा मालसामान बेच्न महिनादिन अगाडि देखि स्टोक गर्ने गर्थे । तर सस्तो बजार नलाग्दा तिनीहरु पसलमा भएभरका सामान पनि बिक्री नभई थन्किएका छन । विजया दशमीमा लाग्ने मेला र दर्शन गर्न हजारौंको संख्या ग्रामीण तथा वरिपरि क्षेत्रका आउने उपभोक्ताले गर्दा सस्तो बजारको व्यवसायी मात्रै होइन जनकपुरधाम बजारभरिका अन्य व्यवसायी समेतले लाखौंको व्यापार गर्थे ।

आम नागरिकको स्वास्थ्यको ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले गरेको निर्देशन बमोजिम आयोजक संस्था जनकपुर उद्योग वाणिज्य संघले व्यवसायीहरुबाट दबाव भएपनि सस्तो बजार लगाएन ।

संघले विगत ४३ वर्षदेखि स्थानीय गोपाल धर्मशालामा दसैँ अवधिभर सस्तो बजार लगाउंदै आएका थिए । ४३ वर्षको इतिहासमा दोश्रो पटक जनकपुरधाममा सस्तो बजार लाग्न सकेको छैन । यसअघि मधेश आन्दोलनको क्रममा २०७३ सालमा लाग्न सकेको थिएन ।

करीब २० वर्षदेखि दशैं बजारको स्टलमा व्यापार गर्ने कपडा व्यवसायी महेन्द्र रौनियारले भने यसपाली दशैं सस्तो बजार नलाग्दा पसलमा समेत ग्राहक आउन छाडेको कारण लाखौंको घाटा भएको छ ।

त्यस्तै विस्कुट, अगरबती र लुगाधुने साबुनको थोक विक्रेताको रुपमा रहेका मदन जैनले भने खाद्य्य पदार्थदेखि लुगा कपडा सहित दैनिक उपभोग्यको सामाग्रीको करोडौको कारोबार हुने दशैं सस्ता बन्द भएको कारण विक्रेतालाई मात्र होइन उत्पादक कम्पनीलाई समेत घाटा भएको छ ।

उनले भने,‘विश्वव्यापी रूपमा फैलेको कोरोना महामारीले यसपालि सबै क्षेत्रलाई असर पुरयाएको छ । न त जनता सँग किनमेल गर्न पैसा छ न व्यवासयीलाई पुँजी । व्यवसायीको पसलमा भएका सामानहरु समेत बिक्न सक्ने अवस्था छैन ।


घटस्थापनादेखि दशमीसम्म चल्ने दसैँ बजार लाग्न नसकेपछि व्यवसायी मात्र होइन आम उपभोक्तामा समेत निराशा देखिएको छ । बजार दरभन्दा सस्तो मूल्यमा सामानहरु पाउने आशमा महिनौदेखि उपभोक्ताहरु पर्खाइमा बस्ने गर्थे । तर यसपाली दशैं बजार नलागेपछि तिनीहरु किनमेलका लागि भारतीय सीमावर्तीमा बजारमा जाने गरेको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साहले यस पटक कोरोना महामारीको समयमा सस्तो बजार लगाउँदा भिड हुन सक्ने अवस्था हेरेर उपभोक्ता र विक्रेता दुवैको स्वास्थ्यको ख्याल गर्दै जिल्ला सुरक्षा समितिको निर्देशनमा बजार नलगाइएको बताए ।

उनले भने कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनले करीब ६ महिनासम्म पीडा खपेका व्यवसायीलाई दशैं सस्ता बजारबाट आश थियो । तर बजारै नलाग्दा तिनीहरु त बर्बाद नै हुने भयो ।

उनका अनुसार दशैं सस्तो बजारमा प्रति व्यवसायी घटस्थापनादेखि दशमीसम्म १० लाख रुपैयाभन्दा बढीको कारोबार गर्ने गर्थे । सबै व्यापारी मिलाएर करोडौँको टर्नअभर हुन्थ्यो । तर, यसपालिको दसैँलाई कोरोनाले खाइदियो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले कोरोना संक्रमण र सीमावर्ती बजारले गदौ यहाँका व्यवसायीलाई घटैघाटा भएको छ । लकडाउन अवधिमा व्यापार हुन नसक्दा बैंक ऋण र पसल भाडाले तिर्न नसक्ने अवस्था भागिरहेका व्यवसायी दशैं जस्तो चाडपर्वमा समेत मर्ने अवस्थामा पुगेको छ ।

जनकपुरधाममा लाग्ने दशैं सस्ता बजारमा यहाँका उपभोक्ता मात्र नभई छिमेकी जिल्ला महोत्तरी, सिरहा, सिन्धुली, सर्लाही, उदयपुर तथा सीमावर्ती भारतीय क्षेत्रका समेत आउने गर्थे । जसले बजारमा भरिभराउ हुन्थ्यो अहिले त्यो रौनकता हराएको छ । @Ekagar.com

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७७ कार्तिक २४, सोमबार ०९:३१
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७७ कार्तिक २४, सोमबार ०९:३१
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७७ कार्तिक २४, सोमबार ०९:३१
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७७ कार्तिक २४, सोमबार ०९:३१
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७७ कार्तिक २४, सोमबार ०९:३१
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७७ कार्तिक २४, सोमबार ०९:३१

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव