जनकपुरधाम, कात्तिक ५ गते । आईएमई लाईफ इन्सोरेन्स कम्पनीले उत्कृष्ट एजेन्सी मैनेजरहरुलाई पुरस्कृत एवं सम्मानित गरेका छन ।
बुधवार विजयादशमीको अवसरमा आयोजित शुभकामना आदान कार्यक्रममा आईएमई लाईफ इन्सोरेन्स कम्पनी जनकपुरधाम शाखाले गएको असोज महिनामा उत्कृष्ट काम गर्ने तीनजना एजेन्सी मैनेजरलाई दोसल्ला ओढाई सम्मान एवं पुरस्कृत गरेको हो ।
जनकपुरधाम शाखा प्रमुख संजीव साह रौनियारले जनाए अनुसार एजेन्सी मैनेजर विकास प्रसाद गुप्ता, शुभम रौनियार र रणधीर रायलाई राईस कुकर र इलेक्ट्रिक हिटर सहितका सामाग्रीले पुस्कृत गर्नुका साथै दोसल्ला ओढाई सम्मानित गरिएको जनाएको छ ।
पुरस्कृत हुनेहरुलाई कम्पनीका प्रदेश २ प्रमुख रविशंकर सर्राफले सम्मान गरेको थियो । सो कार्यक्रममा कम्पनीसँग आबद्ध बीमा अभिकर्ता र विभिन्न एजेन्सी मैनेजर सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !